ताजा समाचार

सिन्धुलीमा मतदाता नाम दर्ता र अद्यावधिक कार्य तीव्र

सिन्धुली, कात्तिक – निर्वाचन कार्यालयमा मतदाता नाम दर्ता र अद्यावधिक प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ। निर्वाचन आयोगले मतदाताको नाम दर्ता र अद्यावधिक कार्य कार्तिक मसान्त सम्म मात्र हुने जानकारी सार्वजनिक गरेपछि जिल्लाभर उमेर पुगेका नागरिकको भीड निर्वाचन कार्यालयतिर बढेको छ। नेपालमा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको हुने भएपछी यो निर्वाचन आयोगका कार्यालयहरुमा मतदाता सम्बधीकामको भिडभाड बद

जिल्ला निर्वाचन कार्यालयका अनुसार, सिन्धुली जिल्लामा नयाँ मतदाता बन्ने तथा पुरानो विवरण अद्यावधिक गराउने कार्य उल्लेख्य रूपमा तीव्र भएको छ। विशेष गरी युवा वर्ग र विदेशबाट फर्किएका नागरिकहरू मतदाता सूचीमा नाम दर्ता गराउन उत्साहित देखिएका छन्।

निर्वाचन आयोगका अनुसार नागरिकहरूले https://applyvr.election.gov.np/ मा अनलाइन फाराम भरेर सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई फोटो खिचाउने र बायोमेट्रिक विवरण दिने प्रक्रिया पूरा गर्नुपर्नेछ। आयोगले सबै नागरिकलाई तोकिएको समयभित्र आफ्नो नाम दर्ता वा अद्यावधिक गराउन आग्रह गरेको छ।

सिन्धुली जिल्ला निर्वाचन कार्यालयका एक अधिकृतले भने, “ दिनमा सयौंक नागरिक मतदाता नाम दर्ताका लागि कार्यालयमा आउने गरेका छन्। ग्रामीण क्षेत्रबाट पनि उल्लेख्य संख्यामा सर्वसाधारणहरू आउने क्रम बढ्दो छ।”

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यलाई निष्पक्ष, सहज र सबैका लागि पहुँचयोग्य बनाउन आवश्यक तयारी पूरा गरेको जनाएको छ। आयोगले आगामी निर्वाचनमा कुनै पनि योग्य नागरिक मताधिकारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यो अभियानलाई प्राथमिकताका साथ अघि बढाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button