विचार तथा विश्लेषण

दलहरुको कारणले देश खरानी हुने भयो :

देशमा हालै घटेको घट्नाले देश खरानी भएको छ करिब ७६ जना नेपालीको ज्यान गएको छ । यो घट्नाले नेपालीहरुमा काहाँलिलाग्दो अबस्था सृजना भएको छ । कति रोयका हौँला, कति हासेका हौँला कतिलाई मनोरञ्जन भएको होला कति भूराजनीति शक्ति केन्द्रका खेलाडी हरुलाई आफ्नो लामो समय देखिको योजना र लगानी सफल भएकोमा उत्सब मनाईरहेका होलान कति भूराजनीतिक प्रभाबमा बिकेर देशलाई धोका दिने भुमिगत सैतान हरु ७६ जनाको रगतमा टेकेर खरानी भएको देशको नेतृत्वमा पुगेर धमाधम बिभिन्न भिलेन प्रपन्च रच्र्दै होलान तर देश गम्भीर मोडमा पुगेको अनुभुती नेपाली लाई भएको छ। न देशले जित्यो न हामीले जित्यो कसैले जितेका छैनौं ।

देशको मुख्य , मुख्य अंग सेना , शस्त्र प्रहरी , जनपथ प्रहरी , अनुसन्धान , राज्यका महत्वपुर्ण संस्था प्रति जनताका बिश्वास घटेको मात्र हैन थुप्रै प्रस्न उठेकाछन ।

नेपालमा घटेका थुप्रै घटनाहरु कसरी घटे किन घटे कस्ले घटाए कस्तो घरेलुु अबस्थामा घट्दो रहेछ भन्ने कमै नेपाली लाई सहि अनुभुती हुन्थियो होला । तर यो घटना ले सारा नेपाली लाई हाकाहाकी अनुभुती गर्न पाएका छौँ ।हामी काहाँ रहेछौं , कुन अबस्थामा रहेछौं कसरी घटना घटाईदो रहेछ भन्ने घाम जति कै छर्लङ्ग भएको छ।

मुख्य त यो अबस्थामा ल्याउने पिष्टभुमि तयार पारीदिने पहिलो काम लोकतान्त्रिक ब्यबस्था ल्याउन योगदान गर्ने मुख्य दलहरु का बिभिन्न नीतिगतरुमा बैधानिक ब्यबस्था कारण ( धर्मका नाममा , जातका नाममा , एन जि ओ को नममा , बिकासको नाममा , रोटी र बेटी को नाममा , प्रबिधि को नाममा ) काहा , काहा चुक्नाले दलाल पूजिँबाद नेपाली समाजमा प्रबेश गर्न सहज बन्यो ? समिक्षा हुनुपर्छ ।

काग्रेस आफ्नो दर्शन ,बिचारमा नचल्ने , एमाले आफ्नो बिचरमा दृढ नहुने ईमानदार कार्यकर्ता को यथार्थ कुरा नसुन्ने आफ्ना चम्चेका गलत रिपोर्टमा बिस्वाश गर्ने , समग्र प्रणालीलाई सिष्टममा लान प्रयत्न नगर्ने , एक पटक राज्यको सुबिधा पाए पछि सबै स्रोतसाधन प्रयोग गरेर एउटा दरो गुट बनाउने अनि बाचुनजेल राज गर्न खोज्ने प्रबृत्ति के सहि थियोे ? ढिकुटी भरी पैसा र आशिर्वाद दिने माथि आफ्नो गुटको नेता भए पछि कस्को के लाग्छ भन्ने भाष्य खडा गरेका हैनौ ? के नेपाली लाई अर्काले चलाउन नस्सक्ने गरी सन्तुष्टि दिन सकेको भए सकारात्मक चेत भर्न सकेको भए यस्तो हुन्थियो ?

जे भयो यश घटना ले धेरै पर्दा भित्रका बिषय बाहिर आएको छ हामीले पत्याउनै नसकिने नेपाली पात्र हरु कुन कुन सक्ति केन्द्र बाट कसरी चल्दा रहेछन फिलिम जस्तै छर्लङ्ग भएको छ। नराम्रो बाट राम्रो तिर लान हामी सबैले सकारात्मक सोचका साथ गम्भीर समिक्षा गरौँ । हाम्रा बिगतमा भएका नीतिगत कम्जोरी , चिन्तनमा भएका कम्जोरी सरकार र पार्टी संचालनमा भएका कम्जोरी सच्याउने प्रति बद्धता सहित सकारात्मक सोचभएका नयाँ पुस्तालाई संगै लिएर अघि बढौ सबै को भलो यसैमा छ।(फेसबुक बाट साभार)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button