गाउँघरका आवाज

सिन्धुलीमा जेनजी आन्दोलनबाट २४ करोड ५९ लाख रुपैयाँभन्दा बढीको क्षति,

सिन्धुली —  प्रधान मन्त्री के पी शर्मा ओलीको सरकारले तत्काल सामाजिक सञ्जाल बन्दा गर्ने भए पछि विरोधमा उत्रीएका जेञ्जीको आन्दोलनले सिन्धुली जिल्लामा करिब २४ करोड ५९ लाख ८५ हजार ६ सय १० रुपैयाँ बराबरको भौतिक क्षति भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । भदौ २३ र २४ गते दुई दिनसम्म चलेको आन्दोलनका क्रममा सरकारी, संस्थागत तथा व्यक्तिगत सम्पत्तिमा आगजनी र तोडफोड हुँदा ठूलो आर्थिक क्षति पुगेको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार आन्दोलनका क्रममा १० वटा सरकारी कार्यालयका भवन तथा विभिन्न सामग्रीमा आगजनी हुँदा ९ करोड ४० लाख ५५ हजार ७ सय ५ रुपैयाँ बराबरको क्षति भएको छ। यसका कारण केही समय सरकारी सेवा प्रवाहसमेत प्रभावित भएको प्रशासनले जनाएको छ। त्यस्तै, ५ वटा संस्थागत भवन तथा सामग्री जलेर २ करोड ७२ लाख ४३ हजार ९ सय रुपैयाँ बराबरको क्षति भएको छ।

सबैभन्दा ठूलो क्षति व्यक्तिगत सम्पत्तिमा पुगेको प्रशासनको विवरणमा उल्लेख छ। आन्दोलनका क्रममा ६ वटा व्यक्तिगत भवनमा आगजनी हुँदा १२ करोड ४६ लाख ८६ हजार ५ रुपैयाँ बराबरको क्षति भएको छ। निजी घर तथा संरचनामा भएको आगजनीले सर्वसाधारण नागरिक प्रत्यक्ष रूपमा पीडित बनेका छन्।

सिन्धुलीमा जेञ्जी आन्दोलनमा संलग्न रहेको आरोपमा पटक पटकमा १५ जनालाई पक्राउ गरिएको थियो। मंसिर २४ गते सरकार र जेनजीबीच वार्ता भई सहमति भएपछि  सिन्धुलीमा पक्राउ परेका सबै जेञ्जीलाई छोडिसकेको छ।

सरकारले क्षतिको यथार्थ विवरण संकलन गरी क्षतिग्रस्त सरकारी तथा निजी संरचनाको पुनर्निर्माण र राहतसम्बन्धी विषयमा आवश्यक निर्णय गरिने जनाएको छ । गृह मन्त्रालयका अनुसार निर्दोष सर्वसाधारण नागरिकलाई परेको क्षतिको हकमा राज्यको नीति तथा कानुनअनुसार राहत तथा क्षतिपूर्तिको व्यवस्था गरिनेछ।

यसैबीच, रिहा भएका जेनजीहरूले सिन्धुलीमा पत्रकार सम्मेलन गरी आफूहरू अन्यायमा परेको दाबी गरेका छन् । आफूहरूलाई अनावश्यक रूपमा पक्राउ गरिएको आरोप लगाएका छन्। साथै आन्दोलनका क्रममा भएको क्षतिको निष्पक्ष छानबिन हुनुपर्ने उनीहरूको माग छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button