सबै

नेपालमा क्षयरोग नियन्त्रण चुनौतीपूर्ण, गरिबी र अशिक्षा मुख्य बाधा

सिन्धुली चेत्र १०

 नेपालमा प्रत्येक वर्ष करिब १६ हजार मानिसको मृत्यु क्षयरोग का कारण हुने गरेको तथ्याङ्कले देखाएको छ। करिब ९० वर्षअघिदेखि क्षयरोग नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन हुँदै आए पनि अपेक्षित सफलता हासिल गर्न नसकिएको चिकित्सकहरू बताउँछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र का निमित्त निर्देशक नविन प्रकाश शाहका अनुसार अझै पनि धेरै संक्रमित उपचारको दायरामा आउन सकेका छैनन्। “समुदायमा लुकेर बसेका बिरामीबाट अरूमा संक्रमण फैलिनु लक्ष्य प्राप्तिमा ठूलो चुनौती बनेको छ,” उनले बताए।

हाल नेपालमा करिब ३९ हजार क्षयरोग संक्रमित रहेको अनुमान छ। यो रोग मुख्यतः संक्रमित व्यक्तिको स्वास–प्रश्वासबाट एक व्यक्तिबाट अर्कोमा सर्ने गर्दछ। तथ्याङ्क अनुसार संक्रमण दर विगतको तुलनामा धेरै नबढेको देखिए पनि वास्तविक अवस्था अझ गम्भीर हुन सक्ने विज्ञहरू बताउँछन्।

क्षे रोग स्वासप्रश्वास बाट पनि संकेमित हुने संकेत

विशेषगरी गरिबी र अशिक्षाका कारण धेरै बिरामी स्वास्थ्य संस्थासम्म नपुग्ने र उनीहरूको विवरण अभिलेखमा नआउने समस्या रहेको छ। यसले गर्दा वास्तविक तथ्याङ्क संकलनमा कठिनाइ हुनुका साथै क्षयरोग नियन्त्रणको लक्ष्य हासिल गर्न बाधा पुगेको सरोकारवालाहरूको भनाइ छ।

यसैबीच, क्षयरोग विश्व दिवस का अवसरमा देशभर विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएका छन्। सिन्धुली मा पनि र्याली तथा प्लेकार्ड प्रदर्शन गरी दिवस मनाइएको छ।

नेपालमा क्षयरोग नियन्त्रण चुनौतीपूर्ण, गरिबी र अशिक्षा मुख्य बाधा
नेपालमा क्षयरोग नियन्त्रण चुनौतीपूर्ण, गरिबी र अशिक्षा मुख्य बाधा

सरकारले क्षयरोग उन्मूलनका लागि रणनीति बनाउँदै आए पनि समुदायस्तरमा सचेतना अभिवृद्धि, समयमै परीक्षण र उपचारमा पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।


मरिण गाउँपालिकाको अनुरोधः

📢 जथाभावि फोहोर नफालौं, गाउँ सफा र सुन्दर राखौं, भ्रमण बर्षलाई सफल बनाऔं ।
📢 सडक अबरोध हुने गरी निर्माण सामाग्री नराखौं ।
📢 नालामा अनावश्यक फोहोर नफालौं, नालालाई बन्द हुन नदिउँ ।
📢 पाल्तु कुकुरहरु सडकमा नछाडौं, घरमा नै बन्धनमा राखी रेबिज विरुद्धको खोल लगाऔं ।
📢 गर्भवती महिलाले नियमित रुपमा स्वास्थ्य संस्थामा गई आफ्नो स्वास्थ्य परिक्षण गराऔं ।
📢 गर्भवति महिला तथा नवजात शिशुलाई समयमा नै खोप लगाई विभिन्न् रोग लाग्नबाट जोगाऔं ।
📢 गाउँपालिकालाई बुझाउनुपर्ने कर, दस्तुर, शुल्क समयमै बुझाई गाउँपालिकालाई सहयोग गरौं ।
📢 सडक चोकमा होर्डिङ्गबोर्ड, साईनबोर्ड, ब्यानर राख्दा गाउँपालिकासँग पुर्व स्वीकृत लिएर मात्र राखौं ।
📢 उद्योग ब्यवसाय सञ्चालन गर्दा गाउँपालिकाबाट सिफारिस लिएर मात्र गरौं ।
📢 ब्यवसाय सञ्चालन भएपछि गाउँपालिकामा आफ्नो ब्यवसाय दर्ता गरी प्रमाणपत्र लिऔं ।
📢 अखाद्य, मिसावटयुक्त खाद्य सामाग्रीहरुको विक्रि बितरण तथा प्रयोग नगरौं ।
📢 जन्म, मृत्यू, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता घटना घटेको ३५ दिन भित्रमा नै दर्ता गरौं ।
📢 छतको पानी सडकमा सोझै नझारौं ।
📢 सडक अधिकार क्षेत्रको लागी छोडिएको जग्गामा सेप्टीट्याङकी लगायत कुनै पनि संरचना निर्माण नगरौं ।
📢 गाउँक्षेत्र भित्र जग्गा प्लानिङ गर्दा गाउँपालिकाको पुर्व स्वीकृती लिऔं ।
📢 घरनक्सा पास गरी इजाजत पत्र लिएर मात्र निर्माण कार्य गरौं ।
📢 प्रत्येक आर्थिक वर्षको पौष मसान्त भित्र सम्पती कर बुझाएर १० प्रतिशत रकम छुट लिऔं ।

This image has an empty alt attribute; its file name is logo.jpg

मरिण गाऊँपालिकाको कार्यालय कपिलाकोट , सिन्धुली

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button