स्रोत नखुलेको रु. १५ लाख सहित चिनियाँ नागरिकसहित चार जना पक्राउ
सिन्धुली, कार्तिक २५ –
सिन्धुलीको झनझने चेकपोष्टमा प्रहरीले स्रोत नखुलेको रु. १५ लाख नगद सहित एक जना चिनियाँ नागरिकसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
आज दिउँसो २ बजे तिरको समयमा मदन भण्डारी राजमार्गमा सिन्धुलीबाट काठमाडौँ जाँदै गरेको बा.प्र. ०१-०३१ च ५८०४ नम्बरको KIA कार फेला पारेको हो । प्रहरीको चेक जाँचको क्रममा नगद बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त नगद कारको पछाडि रहेको टायरभित्र लुकाएरराखिएको अवस्थामा फेला परेको थियो।
बरामद भएको नगदको स्रोत पुष्टि नभएपछि गाडी र नगद सहित चालक तथा अन्य तीन जनालाई नियन्त्रणमा लिइएको हो।
गाडीमा रहेका चारजना काठमाण्डौ महनगर पालिका वडा नं.३१ बस्ने वर्षा ३१ का कार चालका आदिल हमिद आमी सो स्थानको पर्ष २१ का अमि कमिद , रोतहट जिल्ला गुजरा नपा वडा नं २ वर्षा ७३ का चन्द्रमान योञ्जन र एक जना चिनियाँ नागरिक उमेर ३२का व्यक्ति रहेका छन् । उनिहरु संग भएको चार थान मोवाइल पनि नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी झनझनेको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाइसकेको छ।


