ताजा समाचार

एमाले उम्मेदवार राजेन्द्र राईद्वारा निर्वाचन आचारसंहिता उल्लंघन:

काठमाडौ, माघ १२ गत

नेकपा (एमाले) का नेता तथा धनकुटाका उम्मेदवार राजेन्द्र कुमार राईले चुनावी प्रचारप्रसारका क्रममा पैसा बाँडेर निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

पूर्व मन्त्री समेत रहेका राईले धनकुटाको शहिदभुमी गाउँपालिकाकी तीर्थ कुमारी राईलाई नगद दिएको भिडियो तथा सूचना बाहिरिएपछि उनी विवादमा तानिएका हुन् । निर्वाचनको मिति नजिकिँदै गर्दा मतदातालाई आर्थिक प्रलोभन देखाउनु निर्वाचन आचारसंहिता विपरीतको कार्य मानिन्छ ।

उक्त घटनाका सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा औपचारिक उजुरी दर्ता भएको छ । उजुरीमा राईले मतदाताको स्वतन्त्रतालाई प्रभावित पार्न खोजेको भन्दै उनलाई कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले यस विषयमा सत्यतथ्य बुझ्न छानबिन प्रक्रिया अगाडि बढाइने जनाएको छ । निर्वाचन आचारसंहिता अनुसार दोषी ठहरिएमा उम्मेदवारी रद्द हुने वा जरिवाना हुने कानुनी प्रावधान रहेको छ । यस विषयमा एमाले उम्मेदवार राईको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ । काठमाण्डाै – निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ । यही माघ ४ गतेदेखि आचारसंहिता लागू गरेको आयोगले आफ्नो तर्फबाट अनुगमनसहित उजुरीका आधारमा पनि आचारसंहिता उल्लङ्घनका घटनालाई पछ्याइरहेको जनाएको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने प्रतिनिधिसाभा सदस्य निर्वाचनको उमेदवारहरु

आयोगले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) काे जाजरकोटका उम्मेदवार शक्ति बस्नेतलाई पैसा बाँडेको भिडिओबारे स्पष्टीकरण सोधेको छ । त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ । यस्तै नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीको मनोनयन दर्ता गर्दा सरकारी गाडी चढेर गएको विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पनि स्पष्टीकरण सोधेको छ ।

द्वेषपूर्ण अभिव्यक्ति दिएको आरोपमा आयोगले काठमाण्डाै–४ बाट उम्मेदवार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुरेन्द्र भण्डारीलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने व्यक्तिलाई जरिवानादेखि उम्मेदवारी खारेजसम्म गर्न सक्ने अधिकार आयोगलाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button