कला / साहित्य
गजल
जस्ले जे भने पनि मरिदैन हेर
आफ्नो विचार फेरी अन्त सरिदैन हेर
मोबाइलको दुरुपयोग गर्ने केटी हैन म
फेसबुकमा कुरा नगर्दा पछि परिदैन हेर
फकाए पछि सबै मान्छे जस्तो लाग्यो तिमीलाई
झिगाँको सङ्गत गरी फोहोरमा गइदैन हेर
टिक टकबाट मनोरन्जन फेसबकबाट ज्ञान लिन्छु म
टिक टक फेसबुकमा अन्यत्र कुरा गरिदैन हेर
म साहसी आत्मा विश्वासी भई स्वभिमानमा बाच्न चाहान्छु
अर्काको भरमा आफ्नो पेट भरिदैन हेर ।