कला / साहित्य

वेपत्ता कमल कार्की

नेपालमा शान्ति सम्झौतापछि धेरै पटक सरकारहरू बन्यो चुनाव भयो , वेपत्ता व्यक्तिहरूको मुद्दा पनि उठाइयो, विभिन्न दिवसहरू मनाइए, तर कमल कार्की जस्ता बेपत्ताका परिवारहरूले आफ्नो प्रियजनको अवस्था बारेमा जान्न अझै सकिरहेका छैनन्।

कमल कार्कीको जीवन एउटा दुःखद र हृदयविदारक रहेको छ , जुन नेपालका संकटकालीन समयको यथार्थलाई प्रतिबिम्बित गर्छ। वि.स. २०३९ साल वैशाख १५ गते बस्तीपुर ७, हायुटार पिपलञ्ज्यङ्गमा आमा लंङ्काईकी छोरी र बुवा महावीर कार्कीबाट जन्मेका कमल कार्कीको बाल्यकाल नै दुःख र संघर्षले भरिएको थियो। उनकी आमाको बाल्यकालमै निधन भएको र बुवाको मानसिक स्थिति कमजोर रहेकोले, कमलले बाल्यकालदेखि नै कठोर जीवनको सामना गर्नुपर्‍यो। कमल फुपुको साथ सहयोगमा हुर्किए । दु:ख र अभावले गर्दा उनले गाउँकै विद्यालयमा कक्षा तीनसम्म मात्र पढ्न सके।

यसरी दिनहरु वितिहेका थिए , गाऊँमा पार्टीका साथीहरु संग भेटघाट, कुराकानी हुँदै गर्दा कमल कार्की वि.स. २०५८ साल भदैमा ने. क. पा. (माओवादी) को पूर्णकालीन सदस्य बने । पार्टीमा कमलको नाम  “संसार” राखेको थियो ।  उनी जनमुक्ति सेनाको स्क्वाड सदस्यका रूपमा काम गर्नु भयो ,  उनको चनाखो र सक्रिय हुनुहुन्थ्यो । केही समयपछि, पार्टीको पूर्णकालीन सदस्यबाट छुट्टिएर कमल घरमै बस्न थाल्नु भयो र विमला परियारसँग प्रेम विवाह गरे। उनीहरूबाट एक छोरा, अमर बहादुर कार्की, जन्मियो ।

यसरी घरमै बसीरहेको बेला वि.स. २०५९ साल मंसीर महिनामा, उनलाई सेनाले पक्राउ गर्‍यो। हिरासतमा, उनले मानवता बिरूद्धको निर्दयी यातना दिदै हिरासतको बसाई र ९ महिना कारागार राखे पछि, वि.स. २०६० साल भदौ १५ गते उनी जेलबाट छुटे, उनी फेरी घर व्यवाहार गर्न थालेका थिए  । वि.स. २०६१ भदै १५ गते श्रीमतीको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुली गएका थिए । उनलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आँगनबाटै शाही सेनाले पुनः गिरफ्तार गर्‍यो। त्यस दिनदेखि, कमल कार्कीको अवस्था र स्थानबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।

कमल कार्कीको यो मार्मिक गाथा, एक व्यक्तिको मात्र कथा होइन, एक समाजको वेदना र अन्यायको प्रतिबिम्ब हो। यसले केवल परिवारको पीडा मात्र प्रकट गर्दैन, बरु देशकै इतिहासमा घटेको एक गम्भीर र अव्याख्येय घटनाको दस्तावेज हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button