गाउँघरका आवाज

सिन्धुलीमा बिजुलीले सास्ती दियो

सिन्धुलीमाढीमा बिजुली बत्ति गैरहने गर्दा जनजीविका प्रभावित भएको छ । बेलुकाको समयमा बिजुली बत्ती कहिले लामो समय जान्छ भने कहिले सेकेण्ड सेकेण्डमा जाने-आउने गर्छ ।

 यसरी बत्ती जाने आउने गर्दिनाले बेलुकाको समयमा खाना खान , वालबालिकाहरुलाई पठव –पाठन लगयतका काममा  हानी पुर्याएको  जनगुनासो रहेको छ ।  बत्ती झ्याप्प –झ्याप्प आउने जाने हुनाले  घरमा रहेका LED बल्व ,चार्जमा राखीएको मोवाइल , फ्रिज लगाएतका लाइनमा जोडिरहेको इलेक्ट्रिक सामाग्री बिग्रने गरेको नगरवासीहरु बताउछन् ।

 सिन्धुलीमा लोडिसेडङ्ग हटाइए पछी बत्ति बर्षा याममा मेग गर्दिदा , चट्याङ् पर्दा , हावा हुरी चल्दा  र बत्ति बिग्रदा केही समय बत्ति जान्थ्यो । आज भोली बेलुकाको समयमा बत्तिले यसरी दु:ख दिने गरेकोले हैरान भएको दुखेसो कमलामाई नगरपालिकाका  वासिन्दा हर्क गुर्मछान  बताउछन् । सिन्धुलीमा अलिदिन यता पानी नपरेको र गर्मीले सिमा नाघेको छ । गर्मीले गर्दा दिउँसो घर -अफिस भित्र बस्न बेलुका सुत्न समेत लाइनको आवस्यक हुने हुनाले सिन्धुली माढीमा  बत्तिको चासो निकै बढेको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button