ताजा समाचारसबै

सिन्धुलीमा बजारमा क्षेत्रमा जेब्रा क्रसिङ मेटिए पछि, पैदलयात्रीलाई अप्ठ्यारो

सिन्धुली, १३ साउन । सिन्धुलीमाढी बजार क्षेत्रमा जेब्रा क्रसिङको अभावले पैदल यात्रुहरू दैनिक सवारी जोखिम सामना गर्न बाध्य छन्। अत्यधिक चहलपहल हुने बजार क्षेत्रहरूमा सुरक्षित रूपमा सडक पार गर्न नसक्दा वृद्ध, बालबालिका र महिला पैदल यात्री विशेष जोखिममा परेका छन्।

दुधौली बजार, कमलामाई नगरपालिका क्षेत्र, भिमान, खुर्कोटजस्ता स्थानहरूमा सडक किनारैमा दैनिक सयौं मान्छे हिँडडुल गर्ने भए पनि आवश्यक जेब्रा क्रसिङ चिन्हहरू छैनन्। कतिपय स्थानमा सडक पार गर्ने ठाउँ नहुँदा पैदलयात्री जोखिम मोलेर गाडीको बीचबाट दौडिन बाध्य छन्।

स्थानीय माधव पाण्डे भन्नू हुन्छ, “यहाँ दिनको समयमा सवारीको चाप धेरै हुन्छ, तर जेब्रा क्रसिङ मेटिएपछि बालबालिकालाई विद्यालय जान समस्या छ।” उहाँका अनुसार बिहान र बेलुका विद्यालय आउने-जाने समयमा सडक अत्यन्तै जोखिमपूर्ण बन्छ।

ट्राफिक प्रहरीका अनुसार जेब्रा क्रसिङको योजना सदरमुकाम क्षेत्रमा १७ स्थानमा जेब्रा क्रसिङ राख्नका लागि नगरपालिकासँग सहयाेग माग गरिएकाे भए पनि स्थानीय तहले चासो नदिँदा कार्यान्वयन हुन सकेको छैन।

ट्राफिक प्रहरी निरीक्षक मोहम्मद कलिम अञ्जुमले  भन्नुभयाे, “बजार क्षेत्रमा ट्राफिक नियम प्रभावकारी बनाउन सडक चिन्हहरू आवश्यक छन्। जेब्रा क्रसिङ नहुँदा पैदलयात्रीहरू दुर्घटनाकाे जाेखिममा छन।”

दुर्घटना जाेखिम न्यूनिकरणका लागि प्रमुख बजार क्षेत्र र विद्यालय वरिपरि अनिवार्य जेब्रा क्रसिङ निर्माण, सवारी चालकलाई जेब्रा क्रसिङमा गाडी रोक्ने संस्कारकाे प्रवर्द्धन आबश्यक रहेकाे उहाँले बताउनुभयाे । 

जेब्रा क्रसिङको अभावले सडकमा अनुशासन हराउँदै गइरहेको छ। सुरक्षित पैदल यात्रा सुनिश्चित गर्न स्थानीय तहले तत्काल बजार क्षेत्रको सर्वेक्षण गरी जेब्रा क्रसिङ निर्माण गर्नुपर्ने आवश्यकता रहेकाे स्थानीयहरू बताउछन । 

जेब्राक्रस सडक पार गर्न बनाइने महत्त्वपूर्ण संकेत हो, जहाँबाट पैदल यात्रीले सुरक्षित रूपमा हिँड्न पाउँछन् । तर तिनै जेब्रा क्रसिङको संकेत अहिले भेट्न मुश्किल छ ।

त्यहीकारण मेटिएको जेब्रा क्रसिङबाट जोखिम मोल्दै  पैदल यात्रुले बाटो काट्नु पर्ने अवस्था आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button