गाउँघरका आवाज

खुर्कोटमा अबैध लत्ता कपडा सहित कार नियन्त्रण, ४० लाख रुपैयाँ बराबरको बरामद

सिन्धुली — इलाका प्रहरी कार्यालय खुर्कोटले चेकजाँचको क्रममा अबैध रूपमा ल्याइएको लत्ता कपडा सहितको कार नियन्त्रणमा लिएको छ। शुक्रबार बा.प्र.०१–०३१ च ८३५९ नम्बरको कारबाट बिल बिजक नभएका अन्दाजी रू. ५ लाख १४ हजार ९ सय बराबरका लत्ता कपडा बरामद गरिएको प्रहरीले जनाएको छ। कारको अन्दाजी मूल्य रू. ३५ लाख रहेको जनाउँदै प्रहरीले बरामद सामग्रीको कुल मूल्य रू. ४० लाख १४ हजार ९ सय हुने जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुवेदीका अनुसार बरामद सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जलेश्वर पठाइएको छ। प्रहरीले नियमित चेकजाँचको क्रममा अवैध सामान नियन्त्रणमा लिएको जनाउँदै थप अनुसन्धान भइरहेको जनाएको छ।

खुर्कोटमा अबैध लत्ता कपडा र कार बरामद
बरामद गरिएका सामान र कार

Related Articles

Leave a Reply

Back to top button