गाउँघरका आवाज

अबैध काठसहितको गाडी नियन्त्रण, डिभिजन बन कार्यालय सिन्धुलीलाई बुझाइयो

सिन्धुली, मंसिर २४ – सिन्धुलीको डकाहामा अवैध काठ समातिएको छ । मंगलबार रातिको करिव ०२:०० बजे ईलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी हत्पतेबाट खटिएको संयुक्त टोलीले दुधौली नगरपालिका–२ बसनिया बोलेनटारस्थित मदन भण्डारी राजमार्ग नजिकैको भित्री सडक खण्डबाट अबैध काठ सहित गाडी नियन्त्रणमा लिएको छ।

प्रहरीले म.प्र. ०४–००१ च ०३५१ नम्बरको योद्धा पिकअप मा लंगुरखोलातर्फ लैजान अबैध चिरान काठ लोड गरिरहेको अवस्थामा भेटिएपछि तत्काल नियन्त्रणमा लिइएको हो। बरामद काठमध्ये ६ फिट लम्बाइ र ८ इन्च चौडाइका ३९ थान साल जातका चिरान काठ फेला परेको छ ।

नियन्त्रणमा लिइएको पिकअप र काठलाई ईलाका प्रहरी कार्यालय डकाहामा राखेर आवश्यक अनुसन्धान गरि कानूनी कारबाहीका लागि डिभिजन बन कार्यालय, सिन्धुलीमा बुझाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button