ताजा समाचार

सिन्धुलीमा प्रतिनिधि सभा निर्वाचनको गतिविधी तिब्र , सुरक्षा गस्ती कडा

सिन्धुली‚ १५

प्रतिनिधि सभा सदस्य निर्वाचन हुन अब एक हप्ताभन्दा कम समय बाँकी रहँदा सिन्धुली जिल्लामा चुनावी माहोल तीव्र बनेको छ। दुवै क्षेत्र (१ र २) मा उम्मेदवारहरूले घरदैलो, भेटघाट र प्रचार प्रसारमा व्यस्तता बढाएका छन्।

सिन्धुली–१ मा धेरै उम्मेदवार भए पनि मुख्य प्रतिद्वन्द्विता नेकपा, नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारबीच देखिन्छ। उम्मेदवारहरूले स्थानीय विकास, रोजगारी र पूर्वाधार सुधारलाई प्रमुख एजेन्डा बनाएर मतदातासँग संवाद गरिरहेका छन्। चुनावी अभियानमा एमालेका प्रदीप कटुवाल र कांग्रेसका उज्जल बराल बीचको मैत्रीपूर्ण भेटघाट सामाजिक सञ्जालमा चर्चा बनेको छ।

सिन्धुली–२ मा प्रमुख दलहरू र केही स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ। यहाँ नेपाली कम्युनिष्ट पार्टीका उमेदवार लेखनाथ दाहाल, एमालेका मनोज जंङ थापा, कांग्रेसकी शुशीला थिङ र रास्वपाका आशिष गजुरेल चर्चामा रहेका उम्मेदवार हुन्।

सिन्धुली निर्वाचन आयोग कार्यालयले मतपत्र र मतदान सामग्रीको वितरण तथा कर्मचारी परिचालनको तयारी हुदै गरेको  जनाएको छ। निर्वाचन शान्तिपूर्ण, निष्पक्ष सुरक्षा निकायले राम्रो प्रवन्ध मिलाएको जानकारी गराएका छन् भने निर्वाचनलाई व्यवस्थित गर्न दुई हजारभन्दा बढी कर्मचारी परिचालित छन्।

नेपाल सरकारले फागुन २० राति १२ बजेदेखि मतदान पूरा नभएसम्म सार्वजनिक र निजी सवारी साधन चलाउन रोक लगएको छ । भोली १५ गतेबाट मतदान अबधीभरी मद्यपानको बिक्री, वितरण र सेवनमा पूर्ण रोक हुनेछ।

सिन्धुलीमा निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न हुनतर्फ प्रशासन सक्रिय छ।

Related Articles

Leave a Reply

Back to top button