ताजा समाचार

सिन्धुलीमा सुमो गाडी दुर्घटना, ४ घाइते काठमाण्डौ रिफर

सिन्धुली, भदौ १७ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेस्थित मध्य पहाडी लोकमार्गमा मंगलबार बिहान सवारी दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

काठमाडौँबाट सोलु तर्फ जाँदै गरेको ना १ ज ५०७४ नम्बरको सुमो गाडी बिहान करिब १०:३५ बजेको समयमा अनियन्त्रित भई सडक किनारमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गाडी चालक ओखलढुङ्गा सुनकोशी गाउँपालिका–१० बस्ने ३१ वर्षीय सुरज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो गाडीमा १० जना सवार रहेका मध्ये ६ जना सकुशल रहेका छन् भने ४ जना घाइते भएका छन् ।

घाइतेहरुलाई प्रारम्भिक उपचारका लागि ग्वालटारस्थित भुवनेश्वरी स्वास्थ्य चौकीमा लगिएको थियो । त्यहाँ सामान्य उपचार पश्चात अवस्था गम्भीर हुन सक्ने देखिएकाले उनीहरुलाई काठमाडौँतर्फ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाइतेहरुको विवरण

दोलखा भिमेश्वर नगरपालिका–७ का ४७ वर्षीय ज्ञानबहादुर खड्का (ढाड र छातीमा चोट, अवस्था सामान्य)

पाल्पा रामपुर नगरपालिका–३ का ३२ वर्षीय सचिन मल्ल (करङमा चोट, अवस्था मध्यम)

ओखलढुङ्गा सिद्दिचरण नगरपालिका–११ की २५ वर्षीया करिश्मा बस्नेत (हात र ढाडमा चोट, अवस्था सामान्य)

ओखलढुङ्गा सिद्दिचरण नगरपालिका–११ की २२ वर्षीया निरुता बस्नेत (हातमा चोट, अवस्था सामान्य)

घटनास्थलमा गाडी अझै रहेको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button