विचार तथा विश्लेषण

रक्षा वा राखी बन्धनको शुभकामनामा मेरो दुई शब्द


देवता र असुर राक्षसहरुको युद्धमा देवताले हार्न लागेको युद्धमा जित्ने कामनाको पार्थनाले श्रीमतीले श्रीमान देवतालाई राखी बाँधेको उल्लेख छ भने कतै देवताको श्रीमतीले माइती बनाउदै बलीराजालाई राखी बाँधेको बताइएको छ । त्यो राखी बाँधेको दिन श्रामण पुर्णिमाको दिन परेको छ ।

यसलाई हेर्दा राखी न माइतीलाई लगाउने हो न श्रमानलाई लगाउने हो वा सवैले सवैलाई रक्षाको कामनाका साथ लगाउने हो भन्ने प्रश्न रहेको छ । तर लगाउने चै श्रामणको पुर्णिमा मा लगाउने हो भन्ने रहेको छ । तर राखी बन्धन पर्वको, सांस्कृतिक, र सामाजिक दृष्टिकोणबाट महत्त्वपूर्ण मानिदै आएको छ । यो पर्वले परिवार, विशेष गरी भाइबहिनीहरूको सम्बन्धलाई बलियो बनाउँछ।

नेपाल र भारतजस्ता देशहरूमा, परिवार र सामुदायिक सम्बन्धलाई उच्च स्थानमा राखिन्छ,। दिदीबहिनीले दाजुभइलाई र दाजुभाइले दिदीबहिनीलाई राखी बाँध्ने र जीवनभर सुरक्षाको प्रतिज्ञा गर्ने परम्परा छ। भाइबहिनीबीचको सम्बन्धलाई अझ बलियो बनाउछ तर समयक्रमसँगै आधुनिक समाजमा केही चुनौतीहरू पनि लिएर आएको छ। तीमध्ये एक प्रमुख पक्ष भनेको राखी पर्वको महँगोपन र भारतबाट आयात गरिने राखी डोराले नेपालको अर्थतन्त्रमा पर्ने असर हो। नेपालमा राखी पर्वको लागि आवश्यक सामग्रीहरू, विशेष गरी राखी डोरा, भारतबाट आयात गरिने आकर्षक राखी डोरा, उपहार, र सजावटका सामग्रीहरू नेपाली बजारमा उच्च मागमा छन् ।

आधुनिक राखीहरूमा मोती, सुन, चाँदी, र रंगीन धागाहरूको प्रयोग गरी आकर्षक र महँगो बनाइन्छ । भारतबाट आयात गरिन्छ, जसले गर्दा विदेशी मुद्रा बाहिरिने दर उच्च हुन्छ। नेपालको जस्तो विकासोन्मुख देशमा यस्तो खर्चले अर्थतन्त्रमा प्रतिकूल प्रभाव पार्न सक्छ। खासगरी, तीज र दशैंजस्ता अन्य पर्वहरूसँगै मनाइने राखी पर्वले स्थानीय उपभोक्ताहरूमा ठूलो आर्थिक बोझ पार्न सक्छ, किनकि यी सबै पर्वहरूमा खर्च बढ्दै जान्छ। यी राखीहरूको मूल्य पनि उच्च हुन्छ, जसले गर्दा सामान्य उपभोक्ताहरूलाई यस पर्वलाई मनाउन आर्थिक दबाब पर्न सक्छ। राखी पर्वलाई परम्परागत रूपमा प्रेम र स्नेहको प्रतीक मानिए पनि, अहिले यो पर्वलाई व्यापक व्यावसायीकरणले घेरेको छ। भारतबाट आयात गरिने आकर्षक राखी डोरा, उपहार, र सजावटका सामग्रीहरू नेपाली बजारमा उच्च मागमा छन्। आधुनिक राखीहरूमा मोती, सुन, चाँदी, र रंगीन धागाहरूको प्रयोग गरी आकर्षक र महँगो बनाइन्छ। यी राखीहरूको मूल्य पनि उच्च हुन्छ, जसले गर्दा सामान्य उपभोक्ताहरूलाई यस पर्वलाई मनाउन आर्थिक दबाब पर्न सक्छ। यसले गर्दा नेपाली उपभोक्ताहरूले वार्षिक रूपमा ठूलो मात्रामा पैसा भारततर्फ पठाउन बाध्य भएका छन्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button