रसुवामा विनाशकारी बाढी : तीन प्रहरीसहित १८ जना बेपत्ता, गोसाइँकुण्ड क्षेत्रमा ठूला संरचनागत क्षति


सिन्धुली , असार २५ गते — उत्तरी रसुवा जिल्लाको गोसाइँकुण्ड क्षेत्रबाट बग्ने लेन्दे खोलामा गएको भीषण बाढीले ठूलो जनधन तथा भौतिक क्षति पुर्याएको छ। तिब्बत (चीन) क्षेत्रको भीषण वर्षापछि उत्पन्न बाढीले रातारात तबाही मच्चाउँदै रसुवागढी भन्सार, सडक, विद्युत् आयोजना र पुलजस्ता संरचनाहरूमा गम्भीर क्षति पुर्याएको छ।

बाढीका कारण हालसम्म १८ जना सम्पर्कविहीन रहेको पुष्टि भएको छ। तीमध्ये तीन जना नेपाली प्रहरी, छ जना चिनियाँ नागरिक, तथा नौ जना अन्य नेपाली नागरिक रहेका छन्।
बेपत्ताहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ। उद्धार कार्यमा हेलिकोप्टर तथा डोजर समेत प्रयोग गरिएको जनाइएको छ।


हरिहरपुर गढी गाउँपालिका झनझने , सिन्धुली
स्थानीय प्रशासनका अनुसार बाढीग्रस्त क्षेत्रबाट हालसम्म ५० जना भन्दा बढी व्यक्ति उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ४ जना महिला र ४६ जना पुरुष छन्।
प्रभावितहरूलाई तत्काल राहत शिविरमा सारिएको र खानपिन तथा स्वास्थ्य सहायता प्रदान गरिएको प्रशासनले जनाएको छ।
लेन्दे खोलामा आएको बाढीले गोसाइँकुण्ड–रसुवागढी सडक खण्डका ९ भन्दा बढी स्थानमा बाटो कटान भएको छ।
नेपाल–चीन मित्रता पुल, रसुवागढी भन्सार परिसर, ईभी चार्जिङ स्टेशन, हाइड्रोपावर आयोजना, कन्टेनर यार्ड, तथा सवारी साधनसमेत बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
सडक अवरुद्ध भएकाले राहत र उद्धारमा थप कठिनाइ भएको सुरक्षाकर्मीहरूले बताएका छन्।


मरिण गाउँपालिका कार्यालय कपिलाकोट, सिन्धुली
जिल्ला प्रशासन कार्यालय, रसुवाले नदी किनारको क्षेत्रमा बाढीको जोखिम अझै कायम रहेकाले तटीय क्षेत्रमा नबस्न, सावधानी अपनाउन र सुरक्षित स्थानमा सर्न अपिल गरेको छ।
त्यस्तै, मौसमको अवस्था अझै अस्थिर भएकाले बाढी थप तीव्र हुन सक्ने अनुमान विज्ञहरूले गरेका छन्।
गोसाइँकुण्ड क्षेत्र पर्यटनको मुख्य गन्तव्य भएकाले बाढीको असर पर्यटक, ट्रेकिङ गाइड र मजदुरहरूमा पनि परेको छ।
केही मजदुर तथा पर्यटक सम्पर्कविहीन रहेको आशंका गरिएको छ। होटल, लज र धर्मशालामा रहेका व्यक्तिहरूको अवस्थाबारे जानकारी सङ्कलन कार्य भइरहेको छ।


गोलञ्जोर गाउँपालिका कार्यालय ग्वालटार, सिन्धुली
स्थानीय बासिन्दा, व्यवसायी र पर्यटन क्षेत्रसँग जोडिएका सरोकारवालाहरूले तत्काल सडक मर्मत, विद्युत् आपूर्ति पुनःस्थापना, र सुरक्षाका उपायहरू अवलम्बन गर्न सरकारसँग माग गरेका छन्।
यसका साथै, दिर्घकालीन रूपमा विपद् व्यवस्थापन नीति तथा पूर्वसूचना प्रणाली प्रभावकारी रूपमा लागू गर्नुपर्ने विज्ञहरू बताउँछन्।



