गाउँघरका आवाज

सिन्धुलीको वि.पी. राजमार्गमा रात्रीकालीन सवारी आवागमनमा लगाइएको प्रतिबन्ध फुकुवाः

सिन्धुली, भदौ ३१ – सिन्धुलीको वि.पी. राजमार्गमा साँझ ५ बजेबाट बिहान ५ बजे सम्म लागू गरिएको सवारी आवागमन प्रतिबन्ध पुर्णरुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सोमबार सूचना जारी गरिएको छ । सुचनमा अशोज १ गते देखी २४ सै घण्टा यातायतका साधन सञ्चालन पाइने बताएको  छ ।

लगातार वर्षा र सडकको कमजोर भौगोलिक अवस्थाका कारण साउन महिना देखी अस्थायी निषेधाज्ञा जारी गरिएको थियो । यात्रुको आवागमन सजिलो बनाउन तथा चाडपर्वलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिको २०८२ भदौ ३१ गतेको निर्णयअनुसार सवारी साधन सञ्चालन गर्न पाउने व्यवस्था गरिएको प्रशासनले जनाएको छ।

यसअघि जोखिमपूर्ण अवस्थालाई मध्यनजर गर्दै रात्रीकालीन समयमा राजमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको थियो। तर, चाडपर्वको भीडभाड र यात्रुको सहजताका लागि सुरक्षात्मक योजना बनाएर अब बाटो सञ्चालन खुला गरिएको हो।

Related Articles

Leave a Reply

Back to top button