गाउँघरका आवाज

आन्दोलन, र बाढी–पहिरोले उडायो दशैंको रौनक

सिन्धुली, असोज २१ –
नेपालीहरूको महान् चाड विजयादशमी आज पूर्णिमासँगै सम्पन्न हुँदैछ । तर यस वर्षको दशैं देशभरका धेरै परिवारका लागि खुशीभन्दा बढी पीडा, निराशा र अभावको बीचमा बित्यो ।

दशैंको बेला तलव नपाउँदा तनावमा

सामान्यतया दशैंमा नेपालीहरू आफन्तसँग भेटघाट गर्ने, मान्यजनबाट टीका–आशीर्वाद ग्रहण गर्ने, मासु, चिउरा, फलफूल लगायतका मिठा परिकार बनाएर हर्ष–उल्लासपूर्वक रमाउने गर्दछन् । टाढा रहेका परिवारका सदस्य घर फर्कने, सानालाई स्नेह र ठुलालाई सम्मान प्रकट गर्ने परम्परा यस चाडको विशेषता हो ।

मंगलटारमा बाढीले सडक कटान

तर यो वर्ष त्यो उल्लासपूर्ण दशैं धेरैका लागि सपना जस्तै मात्र रह्यो । देशभर भइरहेका आन्दोलन, नाकाबन्दी र आर्थिक कठिनाइका कारण धेरै नागरिकको दशैं मन्द भयो । कतिपय सरकारी कर्मचारीहरूले आन्दोलनका कारण तलब नै नपाए भने, दैनिक ज्यालादारी गर्ने मजदुरहरूलाई दशैंमा घरका नानीबाबुका लागि नयाँ लुगा, मिठा परिकार वा सानो उपहारसमेत ल्याउन गाह्रो भयो ।

पुर्वबाट आएको यात्रु गाडी पहिरोले बाटो भत्किएर सिन्धुलीबाट फर्किए

यसैबीच देशका धेरै भागमा आएको अविरल वर्षा, बाढी र पहिरोले जनजीवन थप अस्तव्यस्त बनायो । पहिरोका कारण सडक अवरुद्ध हुँदा परदेशमा काम गर्ने नेपालीहरू घर फर्कन पाएनन् । घरमा पर्खिरहेका परिवारजन प्रतीक्षामै निराश भए ।

अघिल्ला वर्षहरूमा भूकम्प र कोभिड–१९ महामारीले दशैंको उल्लास घटाएको थियो भने, यस वर्ष आन्दोलन र प्राकृतिक प्रकोपले त्यो खुशीलाई झनै म्लान बनायो ।

दशैंको बेलामा भारी वर्षाको कारण पहिरोले पुरेको इलामको एक बस्ती

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button