गाउँघरका आवाज

सिन्धुलीमा बोलेरो पिकअप दुर्घटना, ६ जना घाइते

सिन्धुली। सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार मिति २०८२ साल पुस १० गते बिहान करिब ८ बजेको समयमा गडाम्रेबाट चकमकेतर्फ जाँदै गरेको बा.१७च. ३१०३ नम्बरको बोलेरो पिकअप गाडी अचानक ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खेतमा खसेर दुर्घटनाग्रस्त भएको हो।
उक्त गाडी तिनपाटन गाउँपालिका–५ निवासी २७ वर्षीय पुष्प तामाङले चलाइरहेका थिए। दुर्घटनाको जानकारी बिहान करिब ९ बजे प्रहरी चौकी वाङरिङलाई प्राप्त हुनासाथ प्रहरी सहायक हवल्दार बालकृष्ण खत्रीको कमाण्डमा २ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घाइते सबैलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाएको जनाएको छ।
दुर्घटनामा गाडी पूर्ण रूपमा क्षति भएको र घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। साथै, चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) साथमा नरहेको पनि प्रहरीले पुष्टि गरेको छ। घटनास्थल प्रहरी चौकी वाङरिङबाट करिब १५ किलोमिटर उत्तरतर्फ पर्ने कच्ची सडक खण्डमा पर्दछ।
घाइतेको विवरण:
पुष्प तामाङ (२७) – दायाँ हात र खुट्टामा चोट, अवस्था मध्यम
साबित्रा थापा (२४) – ढाड र दुवै खुट्टामा चोट, अवस्था मध्यम
सविता बुर्जा (२८) – बायाँ खुट्टा नचलेको, अवस्था मध्यम
पुनम पुलामी (२३) – निधार र बायाँ पाखुरामा चोट, अवस्था मध्यम
अर्जुन तामाङ (२३) – निधारमा चोट, अवस्था मध्यम
निरज तामाङ (२१) – बाहिरी चोट नदेखिएको, अवस्था मध्यम

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button