गाउँघरका आवाज

खाने पानीको अभावले दैनिक उपभोगमा समस्या

    देशका विभिन्न ठाउँमा खानेपानीको चरम अभाव भएको छ । सुख्खायाम भएको र दिन दिनै पानीको मुहान सुक्दै गएकोले देशै भरीका विभिन्न स्थानमा पानीको समस्या भएको छ।रामेछाप सिन्धुलीमा पनि यो अभावले झेलेको छ । रामेछापको चिसापनी डुम्रीखर्का बेतीनी  सिन्धुलीका अधिकांश भागमा पानीको अभाव खेप्नु परेको दुखेसो स्थानीय वासीहरु सुनाउछन् । उनीहरु भन्छन् – पानीको धनी राष्ट्रको उपनामले  चिनिने नेपाल, पानीको व्यवस्थापन नभएको कारणले देशको पहिचानै संकटमा पारेको  छ ।

डढेलोले खाएको वनमा सर छैन
डढेलो लगाएर स्वच्छ पिउने पानीको अधिकारको कुरा

 नेपालको संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाई पहुँचको हक हुनेछ भनी स्पष्ट लेखिएको तर कानुनको यस बुँदालाई जीवन्त वनाउने कार्यानीति नभएको र आकाशबाट पानी नपर्नु ,  जङ्गलमा डढेलो लाग्नु , जङ्गलमा वृक्षा रोपण नगर्नु ,चरम रुपले जङ्गल फडानी गर्नु , जङ्गलक बिच बिच भागमा मसिनले बाटो खनिनु ,बेला बेलाको भुकम्पनले जमिन हल्लाउनु पानीको अभावको कारण भएको मानिसहरु वताउँछन्। देशका विभिन्न अधिकांश भागमा प्राय चैत बैशाष जेठ महिनामा डढेलो लाग्ने गरेको छ चैत्र महिनाको दोश्रो हप्ताबाट तिब्ररुपमा लगेको डढैलो देशको विभिन्न भागमा अझै जङ्गगल डढीरहेको छ ।  

वृक्षा रोपण बिनाको वनको अवस्था
वृक्षा रोपण विनाको जङ्गगल

      वनमा बृक्षा रोपण भएको छैन । भएका विरुवा आगोले खानु बृक्षा रोपण नगर्नु वनको बिच बिचबाट पहिरो जाने खालका कार्य बाटो खान्नु जस्ता कार्य गरिनु खोला पाखाको उत्खनन् गरिनु जस्ता आदी कार्याले पानी शुख्खा लागेको छ । आज भोली गाउँ शहर जता पनी पानीको हाहाकार मात्र सुनिन थालेको छ । पानीको अभावका करण जनजीवन मा दैनीकी उपभोगमा समस्या भएको छ ।

आज भोली खोला सुकेका छन् । खोल्सा सुकेका छन्  । सुकेका खोला खोल्सामा सुख्खा पाइपका चाङ्ग देखीन्छन् । अनि मान्छेको भिड हुन्छन् । खानेपानीको त एकाद महिना बाहेक जहिले समस्या र बेवधान बेहोर्नु परेको छ हिउँदमा अभाव र वर्षामा धमिलो पानी खानु पर्ने वाध्याता वेहोर्नु पर्छ । सरोकारवाला पक्षले यि विषयमा नियाल्दा केही सुधार आउँथ्यो होला

Related Articles

Leave a Reply

Back to top button