गाउँघरका आवाज

बसले ठक्कर दिँदा कार सुनकोशीमा खस्यो, चालक सहित तीन जना बेपत्ता

सिन्धुली, साउन १८

सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार बिहान करिब ११:४५ बजे भएको सवारी दुर्घटनामा एक कार सुनकोशी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन्। 

दुर्घटनामा कार चालक सिन्धुपाल्चोक निवासी करिब ३९ वर्षीय दिलकुमार लामा, स्काइभेटर चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी करिब २७/२८ वर्षीय गणेश थापा तीनपाटत -९ का सुरज बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले सोही दिशामा सडक किनारमा रोकिएको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा कार चालक सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–७ निवासी करिब ३९ वर्षीय दिलकुमार लामा, कारमा सवार स्काभेटर चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी करिब २७/२८ वर्षीय गणेश थापा, तथा नाम, थर र ठेगाना नखुलेका एक जना सहयोगी (हेल्पर) बेपत्ता भएका छन्।

बस चालक सिन्धुली फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी चौकी खाङसाङमा राखेको छ।

बेपत्ता कार तथा मानिसको खोजी तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरीले जनाएको छ।

 

 

 

Related Articles

Leave a Reply

Back to top button