गाउँघरका आवाज
हरिहरपुरगढीमा बोटेनी–क्यानखोला जोड्ने मोटरेबल पुलको स्थलगत सर्भे सम्पन्न
सिन्धुली १३ ,
हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवाको पहलमा आव २०८३/०८४ का लागि संघीय सरकारबाट प्राप्त बजेटमार्फत बोटेनी–ढाँडखोला क्वाटर तिलबारी हुँदै क्यानखोला र भुताहा क्यानखोला मोटरेबल पुलको स्थलगत सर्भे भदौ ११ गते सम्पन्न भएको छ। हेटौंडाको पूर्वाधार विकास आयोजना कार्यालयका इन्जिनियर, पालिकाको प्राविधिक टोली र स्थानीयको सहभागितामा यो सर्भे गरिएको हो।
पुल निर्माण हुने भएपछि बर्खायाममा क्यानखोलाका कारण सास्ती भोग्दै आएका स्थानीय बासिन्दा आवतजावत र कृषि उपज बजारसम्म पुर्याउन सहज हुने भन्दै उत्साहित भएका छन्। गाउँपालिका अध्यक्ष वाईवाले पालिकाका सबै क्षेत्रलाई सडक र पुलले जोड्ने प्रतिबद्धता जनाउँदै अब छिट्टै निर्माण प्रक्रिया अघि बढाउने बताउनुभयो।



