सवारी चोरीका मुद्दामा दोषी ठहर भएका फरार प्रतिवादी सिन्धुलीमा पक्राउ
सिन्धुली मंसिर २
सवारीसाधन चोरीसम्बन्धी दुईवटा मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिका–७ निवासी करिब २१ वर्षीय दले भन्ने दिनेश लामा पक्राउ परेका छन् ।
र लामालाई स्कुटर चोरीसम्बन्धी मुद्दामा सिन्धुली जिल्ला अदालतले २०८२ कात्तिक ८ गतेको फैसलाबाट एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो।
त्यस्तै, मोटरसाइकल चोरीसम्बन्धी अर्को मुद्दामा अदालतले २०८२ कात्तिक ९ गते पाँच महिना पाँच दिन कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।
फैसला भएपछि उनीले आफ्नु दोषको सजाए भोग नगरी फरार भएका थिए । एक वर्षको फरार पछि प्रहरीले पक्राउ गरेका छन् ।
सिन्धुली लगायतका जिल्लामा सवारी चोरीका घटनाले प्रहरीलाई विगतदेखि नै चुनौती दिँदै आएको छ । प्रहरीले भने पछिल्ला वर्षहरूमा निगरानी र खोजतलासलाई प्रभावकारी बनाउँदै ल्याएको दाबी गर्दै आएको छ।
दुवै मुद्दामा अदालतबाट सजाय तोकिए पनि उनी फरार रहँदै आएका थिए। फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका लामालाई अदालतको फैसला कार्यान्वयन तथा आवश्यक कानुनी कारबाहीका लागि सिन्धुली जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।



