गाउँघरका आवाज

सिन्धुलीमा जनमुक्ति सेना नेपालको २६ औँ स्थापना दिवस मनाइयो, कार्यक्रममा मातृका यादव सहभागी

 सिन्धुली ९ मंसिर

 जनमुक्ति सेना नेपालको २६औँ स्थापना दिवसका अवसरमा ऐतिहासिक योगदान, संघर्ष र बलिदानको स्मरण गर्दै सिन्धुलीको दुधौलीमा दिवस मनाइएको छ । मंगलवार नेकपाका केन्द्रीय सचिव तथा तत्कालीन माओवादी जनमुक्ति सेनाका कमिसार गंगा नारायण श्रेष्ठको नेतृत्वमा आयोजित कार्यक्रममा नेकपाका नेता मातृका यादवसहित पार्टीका विभिन्न तहका नेता तथा पूर्वजनमुक्ति सेनाका योद्धाहरू सहभागी भएका थिए।

पूर्व जन मुक्ति सेना दिवस कार्याक

कार्यक्रममा सहभागीहरूले जनयुद्धका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते, अपाङ्ग तथा बेपत्ता योद्धाहरूको योगदान स्मरण गरेका थिए। उनीहरूले जनमुक्ति सेनाको संघर्ष र बलिदान नेपालको राजनीतिक परिवर्तनको महत्वपूर्ण आधार बनेको चर्चा गरेका थिए।

पूर्व जनमुक्ति सेनाको स्थापना दिवस सिन्धुलीको दुधौलीमा

जनमुक्ति सेनाको संघर्षले मुलुकमा राजतन्त्रको अन्त्य, गणतन्त्र स्थापना तथा संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशिता जस्ता राजनीतिक उपलब्धि हासिल गर्ने प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ थियो।

जनमुक्ति सेना नेपाल दिवस सिन्धुलीमा मात्र नभई देशभरी मनाइको  छ  । दिवसमा कतै २५ औं दिवस भनेर उल्लेख गरेका छन् कुनै जिल्लामा २६ औं दिवस भनेर उल्लख गरिको छ ।

पूर्व जन मुक्ति सेनाको स्थापना दिवस मकवानरपुर

तत्कालीन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते सशस्त्र जनयुद्ध सुरु गरेपछि सैन्य संगठनलाई क्रमशः विस्तार र व्यवस्थित गर्दै लगेको थियो। २०५८ साल मंसिर ८ गते जनमुक्ति सेना नेपालको औपचारिक घोषणा गरिएको थियो। दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा जनमुक्ति सेनाले तत्कालीन राज्यसत्ताविरुद्ध संघर्ष गरेको थियो।

त्यसपछि विकसित राजनीतिक घटनाक्रम, २०६२/६३ को जनआन्दोलन र सात राजनीतिक दल तथा तत्कालीन माओवादीबीचको सहकार्यले मुलुकलाई राजतन्त्रबाट गणतन्त्रतर्फ अघि बढाएको थियो। २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएपछि सशस्त्र द्वन्द्व अन्त्यसँगै जनमुक्ति सेनाको व्यवस्थापन, लडाकु समायोजन र स्वैच्छिक अवकाशको प्रक्रिया अघि बढाइएको थियो। त्यस क्रममा केही लडाकु नेपाली सेनामा समायोजन भए भने ठूलो संख्यामा स्वैच्छिक अवकाश लिएर सामाजिक जीवनमा फर्किएका थिए। अहिले पूर्व जनमुक्ति सेना मन्त्री संसद मेअर अध्यक्ष वडा अध्यक्ष जस्ता पदको भुमिका पनि निर्वाहा गरेका छन् ।  

सिन्धुली मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान पूर्व जनमुक्ति सेना हुन् । उनको अध्यक्षको कार्यासंपादन प्रसंशनिय रहेको छ ।

पूर्व जनमुक्ति सेनामा सहिताको सहभागीता

राजनीतिक परिवर्तनपछि पनि पूर्वजनमुक्ति सेनाका सबै योद्धाको अवस्था सहज बन्न सकेको छैन । द्वन्द्वका क्रममा घाइते तथा अपाङ्ग भएका योद्धाको उपचार, रोजगारी, आर्थिक सुरक्षा र सम्मानजनक जीवनयापनका प्रश्न अझै सान्दर्भिक छन्। त्यस्तै द्वन्द्वपीडित नागरिक तथा सहिद र बेपत्ता परिवारले न्याय र परिपूरणको अपेक्षा गरिरहेका छन्।

जनमुक्ति सेना नेपाल दिवसले विगतको संघर्ष र बलिदानलाई स्मरण गराउनुका साथै प्राप्त राजनीतिक उपलब्धिलाई जनताको जीवनस्तरमा रूपान्तरण गर्नुपर्ने जिम्मेवारीसमेत सम्झाएको छ।

२५औं दिवसको केक

Related Articles

Back to top button