ई - पेपर
मरिण गाउँपालिकाको वर्षात ऋतुबारे सचेतनामुलक सन्देश:
वर्षा ऋतुमा सतर्क बनौं, सुरक्षित रहौं!
वर्षा हाम्रो जीवनका लागि अत्यन्तै महत्वपूर्ण प्राकृतिक उपहार हो। यसले जमिनलाई उर्बर बनाउँछ, बाली बढाउँछ र जीवन चक्रलाई कायम राख्छ। तर यससँगै धेरै जोखिमहरू पनि लुकेका हुन्छन्।
🔹 बाढी, पहिरो, र चट्याङबाट सतर्क रहौं।
🔹 वर्षा भएका दिनहरूमा आवश्यकता बिना घरबाहिर ननिस्कौं।
🔹 खुला तार वा बिजुलीका खम्बाबाट टाढा बसौं।
🔹 पहाडी क्षेत्रका बासिन्दाले पहिरोको सम्भावनालाई मध्यनजर गर्दै सुरक्षित स्थानमा बसोबासको व्यवस्था गरौं।
🔹 सरसफाइमा ध्यान दिऔं, झाडापखाला तथा अन्य सरुवा रोगबाट बचौं।
वर्षाको सौन्दर्यको आनन्द लिँदै, जोखिमबाट जोगिनु हाम्रो जिम्मेवारी हो।
सजग बनौं, सुरक्षित रहौं।

मरिण गाउँपालिकाको कार्यालय कपिलाकोट सिन्धुली