सबै

मरिण गाउँपालिकाद्वारा शहीद तथा वेपत्ता परिवारलाई सम्मान कार्यक्रम सम्पन्न

शहिद परिवारलाई सम्मान कार्यक्रम
शहिद परिवारलाई सम्मान कार्यक्रम

वैशाख ११, मरिण (सिन्धुली)

मरिण गाउँपालिकाले वैशाख ११ गते एक भव्य कार्यक्रम आयोजना गर्दै शहीद, वेपत्ता, परिवारलाई सम्मान कार्यक्रम गरिएको छ। कार्यक्रम मरिण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले गर्नुभएको थियो भने सञ्चालन शिक्षा शाखा प्रमुख नवराज बरालले गर्नुभएको थियो।

कार्यक्रममा पालिकाभित्रका ४६ जना शहीद २ वेपत्ताका परिवार गरी जम्मा ४८  जनालाई जनही रू. २०,००० का दरले नगद प्रदान र दोसल्ला ओढाई  सम्मान  गरिएको छ । कार्यक्रममा सामाजिक विकास मन्त्रालयबाट आएको रू.  १ लाख ४० हजार रकम, आमा बुवा नभएका अनाथ तथा विपन्न ६० जना  बालबालिकालाई जनही २४००० छात्रवृत्तिको प्रदान गरिएको थियो।

शहिद परिवारलाई सम्मान कार्यक्रम
शहिद परिवारलाई सम्मान कार्यक्रम

पालिकाभित्रका ७२ जना द्वन्द्व पिडित बालवालिकालाई पनि छात्रबृती प्रदान गरिएको छ। साथै, स्नातक उत्तीर्ण गरी मात्र विवाह गर्ने एक किशोरीलाई प्रोत्साहन स्वरूप नगद रू. १ लाख प्रोसाहन स्वरुप प्रदान गरिएको छ। आवेदनमा एक जनाको मात्र नाम आएको थियो ।

गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले आफ्नो कार्यकालको सुरुवातदेखि नै शहीद परिवारको सम्मानमा विशेष प्राथमिकता दिएको बताउँदै पाँच वर्षभित्रमा शहीद परिवारलाई एक लाख रुपैयाँसम्मको सहयोग पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो। उहाँले प्रत्येक वडामा दुई जना अति विपन्न सुकुम्बासीलाई प्राथमिकताको आधारमा  २ घर परिवारलाई आवासको लागी घर निर्माण गरिदिने योजना समेत सार्वजनिक गर्नुभयो। त्यसका लागि ठेक्कादार छनोट प्रक्रिया (टेन्डर) सुरु भइसकेको जानकारी दिनुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विमला माझीले नेपाल सरकारको काम कारबाही कमजोर भएको टिप्पणी गर्दै त्यसको असर नेपाली जनताले व्यहोर्नु परेको बताउनुभयो।

पालिकाका प्रशासनिक प्रमुखले विद्यार्थी तथा अभिभावकहरूलाई प्राप्त छात्रवृत्ति रकम अध्ययनमा खर्च गर्न सुझाव दिनुभयो। कार्यक्रममा सहभागी शहीदका परिवार, घाइते तथा अपाङ्गहरू पीडाभित्र पनि सहयोग पाएर खुशी ,उत्साहित देखिएका थिए। कार्यक्रममा करिव २५० जनाको उपस्थीती रहेको थियो । अनेत्रबाट पनि मानिसको आगमन भएको थियो ।

Related Articles

Leave a Reply

Back to top button