गाउँघरका आवाज

जुत्ता सिलाएर जीविकोपार्जन गर्दै बच्चाको आमा

सिन्धुली २८

  कमलामाई नगरपालिका बसपार्क नजिकै भेटिएकी एक जना महिलाको दैनिक संघर्षले श्रम, आत्मनिर्भरता र जीवनयापनको कठोर यथार्थलाई उजागर गरेको छ। खुला आकाशमुनि रड गाडेर छाता टाँगी घाम र वर्षाबाट जोगिने सामान्य व्यवस्था गर्दै उनी जुत्ता सिलाउने काममा व्यस्त देखिन्थिन्।

आफ्नो सानो बच्चालाई सँगै राखेर दिनभरि जुत्ता मर्मत गर्ने र सिलाउने काम गर्दै आएकी छन् । महिलाले यही पेशाबाट परिवारको जीविकोपार्जन गरिरहेको बताइन्। उनको श्रीमान पनि जुत्ता सिलाउने पालिस लगाउने काम नै गर्नुहुन्छ । गरिवीका कारण  उनीहरु तराईबाट काम अलि बढी चल्ने ठाउँ खोज्दै सिन्धुलीमा आएको बताउछन् । सिन्धुली बसपार्क क्षेत्रमा आउने–जाने यात्रु तथा स्थानीयवासीका जुत्ता मर्मत गरेर कमाएको पैसा उनको जीवीकोपार्जनको आयस्रोत बनेको उनी बताउछिन्।

घामको चर्को ताप होस् वा वर्षाको झरी, सडकको पेटीमै बसेर काम गर्नुपर्ने बाध्यता रहेको उनले सुनाइन्। स्थायी पसल वा सुरक्षित कार्यस्थल नभएका कारण दैनिक रूपमा मौसमसँग संघर्ष गर्नुपरेको उनको गुनासो छ। छाता र केही सामान्य सामग्रीको भरमा उनले आफ्नो कामलाई निरन्तरता दिइरहेकी छन्।

त्यस आसपासमा व्यापार गर्ने र बजार आउने जाने मानिसहरुका अनुसार ती महिला लामो समयदेखि बसपार्क आसपास जुत्ता मर्मतको काम गर्दै आएकी छन्। उनीले श्रमलाई नै आफ्नो आधार बनाएर परिवार धानिरहेकी छन्।

कमलामाई बसपार्कको व्यस्त वातावरणबीच जुत्ता सिलाइरहेकी ती महिलाको संघर्षले श्रमको सम्मान, महिलाको आत्मनिर्भरता र विपन्न वर्गको जीवनयापनको वास्तविक चित्र प्रस्तुत गरेको छ। उनीका जस्ता श्रमिकहरूका लागि सुरक्षित कार्यस्थल, सामाजिक सुरक्षा तथा जीविकोपार्जनका थप अवसर सिर्जना गर्न सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ।

मरिण गाउँपालिकाको जनहितमा जारी सन्देशि:

चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि मेघ गर्जन हुँदा घर बाहिर नबसौं, अग्लो र एक्लो रुखमुनी नबसौँ। धातुका तार तथा बिजुलीका पोल नछुनौँ । पानी बगिरहेको खोला/नदीमा हाम नफालौचट्याङबाट हुने क्षति न्यूनीकरणका लागि मेघ गर्जन हुँदा घर बाहिर भएमाचट्याङबाट हुने क्षति न्यूनीकरणका लागि मेघ गर्जन हुँदा घर बाहिर भएमाअग्लो र एक्लो रुखमुनी नबसौँ। धातुका तार तथा बिजुलीका पोल नछुनौँ। पानी बगिरहेको खोला/नदीमा नहाम्फालौँ। मेघ गर्जन हुँदा घरभित्र भएमा विद्युतीय उपकरण प्रयोग नगरी बसौँ।

मरिण गाउँपालिकाको कार्यापालिका कार्यालय, कपिलाकोट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button