गाउँघरका आवाज

सिन्धुली कलाघर महोत्सव आज समापन हुँदै

सिन्धुली, वैशाख ४ – सिन्धुली कलाघरले आयोजना गरेको सात दिने कला, संस्कृति र हस्तकला महोत्सव आज औपचारिक कार्यक्रमसहित समापन गरिएको छ। महोत्सवको समापन समारोहमा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, पुरस्कार वितरण समान तथा प्रसंसा पत्र वितरण कार्यक्रम गरिएको छ।
चैत २९ गते मयुर नचाएर सुरु भएको महोत्सव उद्घाटन कार्यक्रमको प्रमुख अतिथी बागमति प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाको रहेको थियो । सिन्धुली जिल्लाका साथै आसपासका क्षेत्रका स्थानीय कलाकार, हस्तकला उत्पादक, तथा युवा सर्जकहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

सिन्धुली कलाघरद्वारा महोत्सव
सिन्धुली कलाघरद्वारा महोत्सव

महोत्सवमा राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती रहेको थियो । महोत्सवको उद्देश्य स्थानीय कला, संस्कृति र परम्परागत र संस्कृतीको संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएका छन्। कलाघर सिन्धुली कमलामाई नगरपालिकाको वडा नं।–३, चपौली भञ्ज्याङ पोखरी निर रहेको छ
महोत्सव अवधिभर विभिन्न कला प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, लोकनृत्य, चित्रकला प्रतियोगिता र बालबालिकाका लागि रचनात्मक कार्यशाला पिङ्ग होटल लगायत बाहीरबाट समेत बजार ल्याइएको थियो । महोत्सवमा हजारौं दर्शकहरूको उपस्थिति रहेको थियो । अरु दिनमा भन्दा बैशाष १ गते भने मानिसको आगमन झनै उत्कृष्ट भएको थियो । कलाघरमा अरुदिनमा पनि मानिसको आवात– जावत भइरन्छ। कलाघरमा पुराना चालचलनका सामाग्री जस्तै मादल ,पुरानो, माटोढुङ्गाको घर ,दाँतो ,ढिकी ,ओखलहरु लगाएतका सामाग्री सजाएर राखीएको छ
कलाघरका संयोजक शुमन मगरले महोत्सवले स्थानीय प्रतिभालाई र संस्कृतीलाई सार्वजनिक गर्न सफल भएको बताए । समापन कार्यक्रममा प्रमुख अतिथिको बागमति प्रदेशको संस्कृती तथा पर्यटन मन्त्री बिमल ठकुरी , जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा, स्थानीय जनप्रतिनिधिहरू तथा वरिष्ठ कलाकारहरूको उपस्थिति रहनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button