मरिण गाउँपालिकामा पाँचौँ मरिण महोत्सव २०८२ सुरु, स्थानीय सीप र उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य
मरिण गाउँपालिकामा पाँचौँ मरिण महोत्सव सुरु, स्थानीय सीप र उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य
सिन्धुली ,मंसिर , ९—
मरिण गाउँपालिकामा आजदेखि पाँचौँ मरिण महोत्सव २०८२ औपचारिक रूपमा सुरु भएको छ। गाउँपालिकाको आयोजनामा सञ्चालन भएको महोत्सवको उद्घाटन मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले गरेका हुन्। स्थानीय सीप, कला, संस्कृति, कृषि उत्पादन र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ।
उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले मरिण क्षेत्रका नागरिकमा रहेका सीप, क्षमता र उत्पादनलाई बजारसँग जोड्नु र पर्यटन आकर्षण गवर्नु नै महोत्सवको मुख्य लक्ष्य भएको बताए। “मरिणमा अपार सम्भावना छन्। यहाँका किसान, कलाकार, महिला समूह र युवामा धेरै सीप छन्। महोत्सव त्यही सीपलाई चिनाउने र आत्मनिर्भर बनाउने माध्यम हो,” अध्यक्ष मोक्तानले भने। उनले यस्ता कार्यक्रमले स्थानीय अर्थतन्त्र मजबुत बनाउने विश्वास पनि व्यक्त गरे।
उद्घाटन कार्यक्रममा सिन्धुली जिल्ला प्रमुख अधिकारी, उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्षलगायत विभिन्नसंघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा बोल्दै मरिण गाउँपालिकाकी उपाध्यक्षले विमला माझीले पाँचौँ मरिण महोत्सवले विशेषगरी महिला, साना उद्यमी र पिछडिएका वर्गको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताइनु भयो । उहाँले भन्नु भयो , “गाउँमै रहेका महिलाहरूले आफ्नो सीप प्रयोग गरेर उत्पादन गरेका सामग्रीलाई बजारसम्म पुर्याउने अवसर सिर्जना गर्नु नै महोत्सवको उद्देश्य हो। महिलाहरू आत्मनिर्भर बने भने परिवार र समाज दुवै सबल बन्छ।”
महोत्सव उद्घटनमा सहभागी एक स्थानीय कृषकले आफूले उत्पादन गरेको तरकारी तथा अर्गानिक खाद्यान्न बिक्रीका लागि राम्रो अवसर मिलेको बताए। महोत्सवले हाम्रो सीप र उत्पादनलाई चिनाउने मौका दिएको छ,” ।
९ देखी २१ गते गते सम्म सञ्चालन हुने महोत्सवमा मरिण गाउँपालिका भित्रका साथै बाहिरी जिल्लाबाट पनि दर्शक तथा पर्यटकको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले मनोरञ्जनसँगै स्थानीय कलाकारको क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ।”



