गाउँघरका आवाजसबै

हरिहरपुरगढीमा डम्फु बनाउने तालिम सम्पन्न

सिन्धुली, असोज २७

तामाङ समुदायको सांस्कृतिक र परम्परागत बाजा डम्फुको अब हरिहरपुरगढी गाउँपालिकामा बन्ने भएको छ । हरिहरपुरगढी गाउँपालिकाले भदौ १९ गते डम्फु बनाउने तालिमको उद्घाटन गरेको थियो । काठ धागोको डोरी र छालाबाट बनाइने बाजा हो ।  डम्फु बनाउने तालिम सफलतापूर्वक अशोज ७ गते सम्पन्न भएको छ । २० दिन सञ्चालन भएको यो तालिमले अब डम्फु आवास्यक भएमा हरिहरपुरगढी गाउँपालिकामा गए पाइने भएको छ ।

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुवप्रसाद ढकालको अध्यक्षता तथा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुलसी राम आचार्य, गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरू, गाउँपालिकाका प्रवक्ता र अन्य स्थानीय प्रतिनिधिहरूको उपस्थिती रहेको थियो।

समारोहमा बोल्दै प्रमुख अतिथि बज्रध्वज वाइबाले तालिमले तामाङ समुदायको सांस्कृतिक बाजा डम्फुको संरक्षण र युवाहरूको सीप विकासमा सहयोग पुगेको बताउनुभयो। उहाँले यस तालिममार्फत सहभागीहरूले सिकेका सीप प्रयोग गरी आय आर्जन गर्न सक्ने र डम्फुको बजारिकरणका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुवप्रसाद ढकालले तालिममा सहभागीहरूको उत्साहपूर्वक सिप सिकाइको प्रशंसा गर्दै, जिल्लाभर वर्षभरि विभिन्न सीपमूलक तालिम प्रदान गरी युवाहरूलाई स्वरोजगार बनाउन उद्देश्य राखिएको जानकारी दिनुभयो।

तालिममा स्थानीय तामाङ समुदायका २० जना सहभागी थिए भने प्रशिक्षकको भूमिका लिलाबहादुर स्याङ्तानले निभाउनुभएको थियो। प्रशिक्षक स्याङ्तानले डम्फु बनाउने परम्परागत सीप युवाहरूमाझ हस्तान्तरण गर्नु प्रशंसनीय पहल भएको र यसबाट सांस्कृतिक संरक्षणमा ठूलो योगदान पुग्ने बताए।

डम्फु आवास्यक परेमा काठमाण्डौ वा बाहिरबाट ल्याउनु पर्ने हुन्थ्यो

Related Articles

Leave a Reply

Back to top button