सबै

ग्वालटारमा बालिका घाइते : मध्यपहाडी सडकमा बालबालिकाको सुरक्षा कति सुरक्षित?

सिन्धुली, २० असोज –

 मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–३ ग्वालटारमा सुमोको ठक्करबाट पाँच वर्षीया बालिका घाइते भएपछि सडक आसपासका बालबालिकाको सुरक्षाको विषय  चर्चामा आएको छ।

सोमबार बिहान करिब ९;१० बजे सडक पार गर्ने क्रममा बालिकालाई सुमोले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा बालिकाको टाउको, ढाड र दाहिने खुट्टामा चोट लागेको थियो। उनको गोलञ्जोर आधारभूत अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले सुमो र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

ग्वालटार बजार तथा बस्ती क्षेत्र हुँदै जाने मध्यपहाडी लोकमार्गमा दैनिक ठूलो संख्यामा सवारीसाधन सञ्चालन हुन्छन्। सडक आसपास विद्यालय, बजार तथा घरबस्ती रहेकाले बालबालिका र विद्यार्थीको आवागमन पनि बाक्लो हुन्छ। तर, कतिपय स्थानमा पैदलयात्रीका लागि सुरक्षित बाटो, जेब्रा क्रसिङ, सडक संकेत र गति नियन्त्रणको पर्याप्त व्यवस्था नभएको स्थानीयको गुनासो छ।

एक स्थानीयले भन्नु हुन्छ,- सडकमा सवारीसाधनको गति नियन्त्रणसँगै बालबालिका बढी आवतजावत गर्ने स्थानमा विशेष सुरक्षा व्यवस्था आवश्यक रहेको बताएका छन् ।

त्यस्तै अर्का स्थानीय बृद्धले भने- सडक विस्तारसँगै दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने बताएका छन् ।

एक होटल व्यवसायीले – बालबालिकालाई सडक पार गर्दा अभिभावकले पनि विशेष ध्यान दिनुपर्ने बताउँदै विद्यालय तथा बस्ती क्षेत्रमा सवारीको गति कम हुनु पर्ने हो , याहाँ त ठुला बच्चा सबैलाई बाटोमा काट्न निकै कठिन हुने कुरा बताए ।

विद्यार्थी रमना र स्यामले पनि विद्यालय जाने–आउने समयमा सडकमा सवारीसाधन तीव्र गतिमा गुड्दा डर लाग्ने बताएका छन्। उनीहरूले विद्यार्थीका लागि सुरक्षित सडक पार गर्ने व्यवस्था, ट्राफिक संकेत र आवश्यक स्थानमा ट्राफिक प्रहरीको उपस्थिति हुनुपर्ने माग गरेका छन् स्थानीयका अनुसार मध्यपहाडी लोकमार्गमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न विद्यालय तथा बस्ती आसपास सवारीको गति नियन्त्रण, जेब्रा क्रसिङ निर्माण, सडक संकेत राख्ने तथा नियमित ट्राफिक निगरानी आवश्यक छ।

ग्वालटारको पछिल्लो घटनाले सडक निर्माण र यातायात विस्तारसँगै बालबालिकाको सुरक्षित आवागमनका लागि आवश्यक पूर्वाधार र निगरानी पर्याप्त छ कि छैन भन्ने प्रश्न उठाएको छ। स्थानीय तह, प्रहरी, सडक निकाय, विद्यालय र अभिभावकबीच समन्वय गरी तत्काल सुरक्षा उपाय अपनाउन सके यस्ता दुर्घटना न्यूनीकरण गर्न सकिने स्थानीयको भनाइ छ।

Related Articles

Back to top button