कला / साहित्य

 पुस्तक : “नेपाली जनक्रान्ति: विश्लेषण र अनुभूति”

बुद्धिमान माझीद्वारा लिखित पुस्तक नेपाली जनक्रान्ति: विश्लेषण र अनुभूति  प्रथम प्रकाशन वि.स.२०६७ मा गरिएको हो । किताब ११०० प्रतीको सङ्ख्यामा प्रकाशन गरिएको  थियो ।

नेपाली जनक्रान्ति: विश्लेषण र अनुभूति "
बुद्धिमान माझी ( क. वसन्त )

 किताब ,नेपाली इतिहासमा एउटा महत्वपूर्ण दस्तावेजको रूपमा रहेको छ। यो पुस्तकले नेपालको तत्कालीन राजनिति गतिविधी र माओवादी जनयुद्धको विभिन्न पक्षहरूको गहिरो विश्लेषण गरेको छ, जसले नेपाली राजनीतिक , राज्य सत्ता र सामाजिक संरचनाको उजागर गरेको छ । लेखकले आफ्नो व्यक्तिगत अनुभव र विचारलाई मार्मिक रूपमा प्रस्तुत गर्दै, यस पुस्तकलाई नेपालको तत्कालिन राज्य सत्ता र त्यसको बिरुद्धमा उद्घोष भएको नेपाली जनयुद्धको सन्दर्भमा प्रकाश पार्नु भएको छ । लेखकको जीवन र राजनीतिक यात्रामा आधारित यस पुस्तकले नेपाली समाजको परिर्वतनशील स्वरूपलाई बुझ्न र मूल्याङ्कन गर्न विशेष योगदान पुर्‍याएको छ ।

लेखक बुद्धिमान माझी, सिन्धुली जिल्लाको माटोमा जन्मनुभएको हो। कम्युनिष्ट विचार धारालाई आत्मासाथ गर्दै  ,नेपालको कम्युनिष्ट आन्दोलनमा सशक्त भूमिकामा निर्वाह गरिरहनु भएको छ । ने.क.पा. (माक्सवादी) पार्टीको सदस्य भएर उहाँले आफ्नो राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो। यस पछि, उहाँले ने.क.पा. (एकताकेन्द्र) ,ने.क.पा. (माओवादी) हुँदै उहाँले विभिन्न जिम्मेवारीमा कम्युनिष्ट आन्दोलनको  नेतृत्व गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरिरहनु भएको छ ।

माओवादी पार्टीमा उहाँले विभिन्न जिम्मेवारीहरू सम्हाल्दै, इलाका समिति सदस्य, छापामार दलका सह कमाण्डर, जिल्ला समीति सदस्य, प्लाटुन भाइस कमाण्डर, र पछि ब्रिगेड कमिसार र हाल माओवादी पार्टीको केन्द्रिय सदस्य हुनुहुन्छ। उहाँको अनुभव र नेतृत्वले नेपाली जनयुद्धमा महत्वपूर्ण योगदान दिएको छ। उहाँले नेपाली समाजलाई नयाँ दृष्टिकोण दिन र पुरानो व्यवस्थालाई परिवर्तन गर्न ठूलो भूमिका खेल्नुभएको छ।

लेखक माझीले  पुरानो सत्ताको अन्त्य र जनमुक्ति सेनाको भूमिका सम्बन्धी विचारलाई गहिरो रूपमा विश्लेषण गर्नुभएको छ। उहाँले २१औं शताब्दीको जनवाद र जबज (जनवादी गणतन्त्र) बीचको भिन्नतालाई पनि स्पष्ट पार्नुभएको छ, जसले नेपालको माओवादी आन्दोलनको विचारधारात्मक आधारलाई स्पष्ट बनाउँछ। आत्मनिर्भर अर्थतन्त्रको विकास हुनु पर्नेमा जोड दिदै आर्थिक क्रान्तिको महत्त्वलाई रेखांकित गरेको छ।

 “नेपाली जनक्रान्ति: विश्लेषण र अनुभूति” पुस्तकमा मुख्य रूपमा कम्युनिष्ट आन्दोलनका सिद्धान्त र माओवादी रणनीतिहरूको विश्लेषण गरिएको छ। पुस्तकमा वर्गसंघर्ष र उत्पादन वृद्धिको महत्वपूर्ण सम्बन्धलाई उजागर गरिएको छ। कम्युनिष्ट पार्टी वा माओवादी सिद्धान्तको मूल विषय भनेको क्रान्तिकारी पार्टी, नेता, कार्यकर्ता, र जनताको सम्बन्धलाई सुधार गर्नु हो, जसले सामाजिक रूपान्तरणलाई सघाउँछ।

      यस किताबले माओवादी जनयुद्धको महत्वपूर्ण क्षणहरूलाई पनि स्मरण गराउँछ। नेपाली माओवादी आन्दोलनको क्रममा लेखकले भोगेका केही महत्वपूर्ण घटनाहरू जस्तै, भीरबाट लड्दाको क्षण, शाही सेनाको घेरा तोड्न गरेको प्रयास, पशुपतिनगर कारबाही, ऐतिहासिक भोजपुर मोर्चा, घोडेटार आक्रमण, र खरिपाटी प्रशिक्षण जस्ता घटनालाई किताब भित्र शिर्षक बनाएर पाठकलाई त्यो समयको भावनात्मक र भौतिक कठिनाइहरूको अनुभव गराउँछ ।

यस पुस्तकमा माओवादी जनयुद्धको क्रममा माझी जातिको भूमिकालाई पनि विशेष रूपमा उल्लेख गरिएको छ। यो जातिगत अनुभव र संघर्षको विश्लेषणले नेपाली समाजमा जातीय पहिचान र संघर्षको मुद्दालाई उजागर गर्छ।

 “नेपाली जनक्रान्ति: विश्लेषण र अनुभूति” पुस्तक नेपाली राजनीतिमा चासो राख्ने सबैका लागि महत्वपूर्ण अध्ययन सामग्री हो। यो पुस्तकले केवल नेपाली जनयुद्धको विभिन्न पाटाहरूलाई उजागर गर्दछ, तर यसले हामीलाई त्यतिबेलाको समाज, विचारधारा, र संघर्षको वास्तविकता बुझ्न मद्दत गर्दछ। लेखकले आफ्नो व्यक्तिगत अनुभव र राजनीतिक जीवनलाई आधार मानेर यो पुस्तक लेख्नुभएको छ, जसले यसलाई गहिरो अर्थपूर्ण र पठनीय बनाएको छ।

नेपाली माओवादी आन्दोलनको अध्ययन गर्न चाहने सबैका लागि यो पुस्तक मार्गदर्शक दस्तावेज हो। यो पुस्तकले भविष्यमा नेपाली राजनीतिमा नयाँ सोच र दृष्टिकोण ल्याउन सहयोग गर्नेछ। लेखक बुद्धिमान माझीको जीवनका अनुभव र उनका विचारहरू नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण अंशका रूपमा सदा याद गरिनेछ।

बुद्धिमान माझीले नेपालको कम्युनिष्ट आन्दोलनमा  आफु प्रत्यक्ष शरिक भएको जीवन र अनुभवहरूलाई आधार बनाएर लेखिएको यो पुस्तक, नेपाली कम्युनिष्ट आन्दोलन र माओवादी जनयुद्धको गहिरो अध्ययन गर्न चाहने सबैका लागि महत्वपूर्ण दस्तावेज भएको छ। यसले भविष्यमा नेपाली राजनीतिमा नयाँ दृष्टिकोण ल्याउन मद्दत गर्नेछ र नेपाली समाजलाई अझ राम्रोसँग बुझ्न मार्गदर्शन गर्नेछ।  

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button