ई - पेपर

जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय सिन्धुलीको अनुरोध:

वर्षा  र पानीका कारण हुने बाढी डुबान, बाढी कटान, पहिरो लगायत अन्य पानी जन्य प्रकोप नै जल उत्पन्न प्रकोप हुन्  जल उत्पन्न प्रकोपबाट सुरक्षित रहन नागरिकले अबलम्बन गर्नुपर्ने उपायहरु प्रि(मनसुनको बेला ठूला खोलाहरुमा भन्दा पनि साना र ठाडा खोला, खोल्सी अनि पाखामा जोखिम बढी हुन्छ।यस्तो बेला ती खोलारखोल्सीमा आउने लेदो र गेग्रान बहाव सहितको बाढीले पुरिने, बगाउने, बहाव परिवर्तन गरी मानव बस्ती जोखिममा पर्ने सम्भावना हुन्छ। तसर्थ प्रि-मनसुनको बेला जनताले निम्न कुराहरुमा बढी ध्यान पुर्याउनु पर्छ 

👉 शुरु शुरुको वर्षाले ठाडो खोला र खोल्सीहरुमा पानी संगै धेरै मात्रामा लेदो माटोरढुंगा समेत बगाएर ल्याउने हुँदा खोल्सा छेउ बस्ने बासिन्दा बढी जोखिममा हुन्छन्, सचेत रहनुपर्छ । बगेर आउने लेदो माटोरढुंगाका कारण खोल्साले धार परिवर्तन गरेर खेतरबस्ती तर्फ पस्ने डर हुन्छ ।

👉 यसो र प्रि(मनसूनको बेला आफू बसोबास गरेको क्षेत्र वा काम गर्दै गरेको क्षेत्र भन्दा माथिल्लो भागमा पानी परिरहेको छ भने खोला, खोल्सी किनाराबाट टाढै रहने वा कामै गरेर बस्नुपर्ने छ भने सचेत हुँदै काम गर्ने ।

👉 रातको बेला पानी परेको छ भने सुत्नको लागि सकेसम्म केही अग्लो, सुरक्षित भूभाग छनोट गर्ने।

👉 यदि तपाइंको घरमाथि सडक खनेको माटो सडक छेउमै फालेकोरथुपारेको छ भने घर नै पुरिने गरी लेदोरगेग्रान बहाव भै मानवीय क्षति हुने सम्भावना हुन्छ त्यसैले आफू बस्ने घर माथि यस्तो जोखिम भए नभएको बारे जानकार रहने र सुरक्षाका उपाय खोज्ने।

👉 शुरुका वर्षाले माटो, पातपतिंगर समेत बगाएर ल्याउने जसका कारण सडक छेउका नालाहरु थुनिने हुँदा खोल्सीतिर पानी लाग्नुको सट्टा बस्ती तिर पस्न गइ ठूलो मानवीयर पशु(चौपायाको क्षतिको सम्भावना हुन्छ तसर्थ आफ्नो घर माथि रहेका नालाहरु जांच गरिरहने , थुनिएका रहेछन भने खोलेर पानीलाई बाटो तयार गरिदिने गर्नुपर्छ।

👉 यसरी हामी आफै नै होशियार रहन सके , कम खर्चका कामले पनि मानवीय जीवन, पशु(चौपाया, बस्ती , खेतीयोग्य जमीन, पूर्वाधार विकासका संरचना जोगाउनर क्षति न्यूनीकरण गर्न सकिन्छ ।

जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय सिन्धुली 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button