ताजा समाचार

भिमानमा बिल नभएको कपडा सहित ट्रक नियन्त्रण

सिन्धुली — सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानस्थित बी.पी. राजमार्गमा बिल नभएको सामान बोकेको एक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ

सूत्रका अनुसार मिति २०८२ साल ९ गते बिहान करिब ९ बजे इलाका प्रहरी कार्यालय भिमानबाट प्रहरीबाट खटिएको प्रहरी टोलीले बर्दीबासबाट काठमाडौँतर्फ जाँदै गरेको प्र.२–०४–००१ ख ००६१ नम्बरको प्याज लोड गरिएको ट्रकलाई शंकाको आधारमा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा उक्त ट्रकमा बिल भएको प्याजको भन्सार पूरा गरी त्यसकै बोरा प्रयोग गरेर अवैध रूपमा भारतीय तथा इटालियन कम्पनीका कपडाहरू लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको स्रोतले जनाएको छ। ट्रक पूर्ण रूपमा खोलेर जाँच गर्दा विल नभएका कपडाहरू बरामद गरिएको हो।
बरामद सामानमा बिल भएको प्याज २३० बोरा (जम्मा मूल्य रु ४ लाख ८० हजार), पुनित (Punit) कम्पनीको सुतीको सर्टको थान कपडा ४९ रोल (८१० मिटर) मूल्य रु ४ लाख ५० हजार, डोनातेला (Donatella) कम्पनीको सुतीको सुट थान कपडा २० रोल (२७०.५५ मिटर) मूल्य रु ७ लाख ५७ हजार ६४०, भिमल (Vimal) कम्पनीको सुतीको सुट थान कपडा ३० रोल (३४०.६ मिटर) मूल्य रु ४ लाख ७६ हजार रहेको छ।
त्यस्तै, प्रयोग गरिएको ट्रकको मूल्य करिब रु २० लाख आँकलन गरिएको स्रोतले जनाएको छ। बरामद सम्पूर्ण सामान र सवारी साधनको जम्मा मूल्य रु ४१ लाख ६३ हजार ६४० बराबर रहेको छ।
प्रहरीले बरामद सामानसहित ट्रकलाई इलाका प्रहरी कार्यालय भिमानमा ल्याई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको स्रोतले जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button