सिन्धुलीमा फाइबर तथा सिलिकन कपडाबाट सामग्री उत्पादन तालिम सम्पन्न
सिन्धुली, वैशाख २५ — कमलामाई नगरपालिकाले “फाइबर तथा सिलिकन कपडाबाट विविध सामान उत्पादन मुलक सीप विकास तालिम” सम्पन्न भएको छ।
कमलामाई नगरपालिका वडा नं. ६ रातमाटा प्लानिङमा बैशाष १६ गतेदेखि सञ्चालन भएको १० दिने तालिम आज शाखाका कर्मचारी तथा सहभागीहरूको उपस्थितिमा समापन गरिएको हो। तालिममा सहभागीहरूलाई फाइबर तथा सिलिकन कपडाको प्रयोग गरे हाट बजार जाँदा लाने झोला‚ कपडा राख्न्ने झोला‚सिरक ब्लाङ्गकेट राख्न्ने‚कोटको खोल बोर्डिङमा टिफिन बोक्ने झोला लगाएत विभिन्न घरायसी तथा सजावटी सामग्री उत्पादनसम्बन्धी व्यावहारिक सीप प्रदान गरिएको थियो।

तालिममा सहभागी रिता थापाले तालिमबाट नयाँ सीप सिक्न पाएको बताउँदै यसले भविष्यमा स्वरोजगारी बन्न प्रेरणा दिएको बताउँदै तालिम अवधी छोटो भएकोले तालिमको पुनः माग गर्नु भएको छ । “घरमै बसेर पनि आयआर्जन गर्न सकिने सम्भावना देखेको छु तर हामीलाई यो शिप पुर्ण गराउन फेरी अर्को तालिमको आवास्यक पर्छ ,” थापाले भन्नु भयो । समापन कार्यक्रममा तालिममा सहभागीहरुले उत्पादन गरेको सामाग्री प्रर्दशन गरिएको थियो ।
उद्योग तथा व्यवसाय प्रवर्द्धन शाखाकी रिता कुमारी परियार कार्कीले नगरपालिकाले महिलाहरू तथा युवालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित यस्ता सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनु भयो । उहाँले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतारेर साना उद्यम सञ्चालन गर्न सहभागीहरूलाई आग्रहसमेत गर्नुभयो।
नगरपालिकाले आगामी दिनमा पनि उत्पादनमुखी तथा स्वरोजगार प्रवर्द्धन गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताउनु भएको छ। कमलामाई नगरपालिकाले नगरवासीलाई सिप सिकाउने ‚ उत्पादन गराउने र उद्यमी बनाउँदै आयको छ ।




