सिन्धुलीमा सिसिटिभी क्यामेराको अवस्था
सिन्धुलीबजारमा केही वर्ष अगाडी देखी सिसिटिभी क्यामेरा जडान गरिएको छ । कमलामाई नगरपालिकाले केही समय अगाडी सार्वजनिक सुरक्षाका लागि विभिन्न स्थानहरूमा सिसिटिभी क्यामेराहरू जडान गरेको थियो ।
सिसिटिभी क्यामारा कनपाको कार्यालय अगाडी , शान्तीनगर चोक, बजार यरिया र बि.पी.सडकमा पर्ने महत्त्वपूर्ण नाकाहरूमा राखीएको थियो । सिसिटिभी क्यामारा टिभी भने सिन्धुली जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । सिसिटीभी क्यामार राखिएपछि यस क्षेत्रमा हुने घटनाहरु न्युनिकरण भएको छ । घटेका घटनाको पनि सिसिटिभी क्यामेराको फुटेजको सहायताले जिल्ला प्रहरी कर्यालयद्धरा धेरै जना पिडतहरुले राहत पाएका छन् । यसरी कमलामाई नगरपालिका भित्र अहिले २६ वटा भन्दा बढी सिसिटिभी क्यामेराहरू जडान गरिएको छ ।
तर, वर्तमान अवस्थामा ती क्यामेरामध्ये पाँचदेखि सातवटा मात्र सञ्चालनमा रहेको देखिएको छ भने बाँकी सबै बिग्रिएको अवस्थामा रहेका छन्। बजार क्षेत्रमा कुनै अप्रिय घटना घटेपछि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालयमा पुग्दा सिसिटिभी क्यामेरा बिग्रिएको कारणले फुटेज हेर्न असमर्थ हुने अवस्था छ, जसले गर्दा सुरक्षाका दृष्टिकोणले ठूलो समस्या उत्पन्न भएको छ।
यस सन्दर्भमा ढुङ्ग्रेफाट, नमुनाबस्ती चोकका किराना पसलको साहुजी डम्बर बहादुर श्रेष्ठको भन्नुहुन्छ – सिसिटिभी क्यामेराहरू बिग्रिएको अवस्थाले सम्भावित नकारात्मक घटनाहरूको जोखिमलाई बढाएको छ। बजार क्षेत्रमा सुरक्षाको अनुभूति कम हुँदै गएको छ, र कुनै आपराधिक घटना घटेमा त्यसको अनुसन्धान तथा दोषी पत्ता लगाउन कठिनाइ हुने स्थिति सिर्जना भएको छ ” ।
उहाँ भन्नु हुन्छ “नगरपालिकाले जडान गरेको सिसिटिभी क्यामेराहरू मर्मत र सञ्चालनको उचित व्यवस्थापन नगर्दा व्यापारीहरू मात्र होइन, सम्पूर्ण जनसमुदायले नै असुरक्षित महसुस गरिरहेका छन्।” साहुजी डम्बर बहादुर श्रेष्ठको किराना पसल ४ पटक भन्दा बढी चोरी भैसकेको छ भने पसल आस पासको घरहरुमा समेत चोरी भएको छ ।
सम्बन्धित निकायहरूले यसप्रति गम्भीर ध्यान दिनुपर्ने माग गर्दै उनले थपे, “सार्वजनिक सुरक्षाका लागि नगरपालिकाले सुरु गरेको राम्रो प्रयासलाई निरन्तरता दिन क्यामेराहरूको मर्मत सम्भार तुरुन्त गरिनुपर्छ।”