ताजा समाचारसबै

सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु,

सिन्धुली, भदौ १७ ,
सिन्धुलीको कमलामाई नगरपालिका–९ नयाँबस्ती नजिकै आज (सोमबार) दिउँसो सवारी दुर्घटना हुँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का व्यक्ति गम्भीर घाइते भएका छन्।

आज दिउँसो करिब २ बजे बर्दीबासबाट कटारीतर्फ जाँदै गरेको ग २ ख ११४१ नम्बरको बसले विपरीत दिशाबाट बर्दीबासतर्फ आउँदै गरेको बा १६ प ७३३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक काभ्रेको भुल्लु गाउँपालिका–९ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–७ बस्ने १८ वर्षीय शौगात माझी गम्भीर घाइते भएका थिए। उनलाई जिल्ला अस्पताल सिन्धुली पुर्‍याएलगत्तै चिकित्सकले दिउँसो २ बजेर ३० मिनेटमा मृत घोषणा गरेको छन् ।

त्यसैगरी, मोटरसाइकलमा पछाडि सवार गर्ने भारतको मोतिहारी घर भई हाल काठमाडौं महानगरपालिका–७ बस्ने १८ वर्षीय सागर आलम घाइते भएका छन्। उनको टाउको र छातीमा चोट लागेका छ।  उनी हाल जिल्ला अस्पताल सिन्धुलीमा उपचाररत रहेको जनाइएको छ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन र बस चालकलाई इलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button