ई - पेपर

शुनकोशी ड्राइभर्सनको सुरुाङ्ग निर्माण कार्य अन्तिम चरणमा

नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना शुनकोशी मरिण ड्राइभर्सनको सुरुङ्ग निमार्ण कार्य सकिन लागेको छ । फागुुन १८ गते शनिवार उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेत सिंचाई सचिव सुशीलचन्द्र तिवारी र जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक चन्द्र बहादुर ओली स्थलगत अनुगमन गर्न ड्राइभर्सन स्थल कुशुम्टारमा आउनु भएको थियो ।
अवलोकन गरेपछी मन्त्री बस्नेतले निमार्ण कार्या सन्तोेषजनक रहेको बताउनु भयो, राष्ट्रिय गोैरव शुनकोशी मरिण ड्राइभर्सन आयोजना नेपाल सरकारको विषेश प्राथामीकताको आयोजना हो । यस आयोजनाको कार्या समयसिमा भित्र सम्पन्न गर्नका लागी , निमार्ण कार्यामा स्रोत साधनको अभाव हुन नदिने बताउनु भएको छ । कार्यमा केही समस्या परे जानकारी गराउन समेत आग्रह गर्नु भएको छ । यस आयाजनाको सुरुङ्ग निमार्ण कार्य क ना पा ४ कुसुम्टार मरिणखोलाबाट चिनियाँ कम्पनी ओभरसिज इन्जिनियरिङ्गले गरेको छ ।
ड्राइभर्सनको लागी बाध निर्र्माण कार्य रमण समुह संग भारतीय कम्पनी प्रेट्रोल इन्जिनियरिङ्ग कम्पनीले शुनकोशी गाऊँपालिका वडा नं. ७, सितलपाटीको कान्ढुंग्रीमा विद्युत गृह र प्रसारण लाइनको आवास्यक तयारी तर्फको काम सुरु गरेको छ । शुनकोशीमा विस्तार भएको विपी राजमार्गको ९०० मिटर सडक शुनकोशी मरिण ड्राइभर्सनद्धारा प्रभावित हुने भएका छ । ड्राइभर्सनद्धारा प्रभावित सडकलाई ड्राइभर्सन गरिने श्रोतले बताएका छन्
शुनकोशीको करिव ६७ क्यूसेक पानी मरिणखोलामा ड्राइभर्सन गर्ने यस आयोजनाको उदेश्य रहेको छ भने ड्राइभर्सन पानीबाट तराईका २२ हेक्टर जमिनलाई सिंचाई गरी अन्नको उत्पादन बढाउने , साथै ३१ मेगावाट विद्युत उत्पादन गर्ने पर्यटकीय स्थल बनाउने लगाएतका लक्ष्य रहेको छन् ।
काम गर्ने कम्पनीका भनाई अनुसार २०८४ साल अशोज सम्ममा यस आयोजनाको सम्पुर्ण कार्र्य पूरा हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button