ताजा समाचार

बैतडीमा निर्वाचन प्रहरीको मृत्यु

बैटडी ९ फागुन ,

बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नं. ४ ववित्तमा एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ।

८ गते विहान ड्युटी सकेर खाना खान घर गएका ३८ वर्षीय महादेव वण अचेत अवस्थामा फेला परेका थिए। परिवारजनले उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल बैतडी पुर्‍याएका थिए। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

मृत्युको कारणबारे विस्तृत विवरण खुल्न बाँकी रहेको छ। घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीमा शोक छाएको छ।

यसअघि गत निर्वाचनका क्रममा पनि सोही वडामा अर्का एक जना म्यादी प्रहरीको मृत्यु भएको थियो। लगातार निर्वाचन अवधिमा सुरक्षाकर्मीको ज्यान गएको घटनाले स्थानीय तहमा चिन्ता बढाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button