गाउँघरका आवाज

सिन्धुलीको दुधौलीमा करेन्ट लागेर एक जनाको मृत्यु

सिन्धुली, २८,

सिन्धुलीको दुधौली नगरपालिकामा घर निर्माणको क्रममा करेन्ट लागेर एक जना मिस्त्रीको मृत्यु भएको छ।
दुधौली नगरपालिका–८ सालघारी निवासी चन्द्रकान्त दाहालको नयाँ घर निर्माण गर्ने क्रममा मिस्त्रीको काम गरिरहेका दुधौली–७ कत्ले बस्ने ५१ वर्षीय तिलक बहादुर मगरलाई शनिबार दिउँसो करेन्ट लागेको प्रहरीले जनाएको छ।
प्रहरी चौकी दुधौलीका अनुसार शनिबार करिब १२ः३० बजेको समयमा घर निर्माणस्थलमा काम गरिरहेका मगरले प्रयोग गरेको फलामको रड नाङ्गो विद्युत् तारमा छोएपछि उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
घाइते मगरलाई तत्काल उपचारका लागि नगर अस्पताल सिर्थौली पठाइएको थियो। उपचारकै क्रममा दिउँसो करिब २ः४० बजे अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
मृतक मगरको शव हाल नगर अस्पताल सिर्थौलीमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Back to top button