ताजा समाचार

कर तथा राजस्व अन्तरक्रिया कार्यक्रम सम्पन्न

;सिन्धुली २१, करदाता सेवा कार्यालय, सिन्धुलीले असार २१ गते स्थानीय सरोकारवालाहरू र व्यवसायीसँग “कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम” सफलतापूर्वक सम्पन्न गरेको छ।
 कर प्रतिवेदन, भुक्तानी प्रक्रिया, र व्यवसायीका अनुभवमाथि व्यापक छलफल भयो।

कार्यालयले समयमै सूचना प्रकाशन, सामाजिक सञ्जाल प्रयोग र सचेतनामूलक कार्यक्रम गर्नेसहित करदातालाई जानकारी गराउन अनेकौ कार्यहरू गरेको जानकारी गरायो 

कार्यक्रममा करदाता सेवा कार्यालय सिन्धुलीका प्रमुख मनोज कुमार न्यौपाने, उद्योग वाणिज्य संघका प्रतिनिधिहरू र स्थानीय व्यवसायीहरू थिए।
न्यौपानेका अनुसार, “सिन्धुलीमा हाल ३५,५५० करदाता छन् र अहिलेको आर्थिक वर्षको नौ महिनामा मात्रै ३३ करोड रुपैयाँ राजस्व संकलन भएको” छ
उनले कार्यान्वयन आवश्यक नियमानुसार कर समयमै तिर्न आग्रह गर्दै, “असोज मसान्तसम्म लक्ष्यअनुसार राजस्व उठ्ने छ” भने।

बाँकी अवधिमा समयमै सचेतना र सूचना प्रसारले लक्ष्यप्राप्ति सम्भावना उच्च रहेको कार्यालयले जनाएको छ।अन्तरक्रिया कार्यक्रमले कर प्रणालीमा पैदावार र पारदर्शितालाई प्राथमिकता दिँदै कर–राजस्व सुधारतर्फ उल्लेखनीय पहल भएको देखिन्छ।नौ महिनामा संकलित रु. ३३ करोड आर्थिक वर्षको लक्ष्‍यका लागि करिब ३५%  अब संकलन गर्न बाँकी जानकारीँ प्राप्त भयो ।

कर लक्ष्य पूरा गर्न समयमै सूचना, करदातामा विश्वास र पारदर्शिताको वातावरण आवश्यक छ।रहेको कुरा छलफलमा कर सेवा प्रमुखले बताउनु भयो । आगामी वर्षमा सम्पूर्ण स्थानीय तहलाई समेट्दै करदातालाई डिजिटल र प्रत्यक्ष सूचना दिने कार्यलाई निरन्तरता गरिने

 व्यवसायी, भुक्तानीकर्ता, र कर कार्यालय बीच अन्तरक्रियालाई त्रैमासिक रूपमा सञ्चालन कार्यक्रम गरिने

 समयमै कर तिर्नेलाई सम्मान वा कर छुट कार्यक्रममार्फत प्रोत्साहन।हुने गरी कार्यक्रम सम्पन्न भएको छ । (फोटो सिन्धुली खबरबाट)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button