कला / साहित्य

हरिहरपुर गढी: सिन्धुलीको ऐतिहासिक र पर्यटकिय स्थाल

सिन्धुली ,कार्तिक- १

सिन्धुलीको हरिहरपुर गढी एक ऐतिहासिक र रमणीय स्थाल हो, जहाँ इतिहास, संस्कृति र प्रकृतिले सँगै रमाइलो गर्भिलो र भरिपुर्ण छ। पहाडको मनोरम प्राकृतिक दृष्य रहेको छ । यसरी पुरानी विराषत बोकेको हरिहरपुर गढी आज भोली एकदमै आकर्षक पर्यटक गन्तव्यको रूपमा उजागर हुँदैछ।

    हरिहरपुर गढीको कथा भूतपूर्व सिम्रौनगढ राज्यसँग जोडिन्छ। राजा हरिसिंहदेवको पालामा बनेको हो। किल्ला इतिहास प्रेमीका लागि खजाना जस्तै छ। ढुंगा र माटोको अद्भुत संरचनाले शिल्पी र सेनाले आफ्नो समयको सर्वोत्तम कलाको प्रयोग गरेको छ। किल्ला चढ्दा पुराना युद्धका कथा, राजा र सैनिकको वीरता, र समयसँगै बगिरहेको इतिहासले   गर्भिलो र  रोमाञ्चको महसुस दिलाउँछ।

किल्ला पहाडको टुप्पोमा अवस्थित भएकाले यहाँबाट सिन्धुलीको हराभरा भुमी र मनोरम दृश्यको मजा लिन सकिन्छ । फोटो प्रेमीहरूका लागि प्राकृतिक दृश्य र सूर्यास्तको सुन्दर दृश्य अविस्मरणीय हुन्छ। साथै, हल्का ट्रेक र पैदल यात्रा यहाँको रोमाञ्चक अनुभवमा थप उत्साह ल्याउँछ।

हरिहरपुर गढी: सिन्धुलीको एैतिहासिक कुण्ड पोखरी

किल्लाभित्र पुराना कला कारिताका मन्दिर र चौताराहरू छन्, जसले यहाँको सांस्कृतिक र धार्मिक महत्व उजागर गर्छ। स्थानीय पर्व र उत्सवको समयमा यहाँको वातावरण साँच्चिकै जीवित हुन्छ,

हरिहरपुर गढीको यात्रा केवल इतिहास पढ्ने मात्र होइन, रमाइलो अनुभवको पनि हो। यहाँको प्राकृतिक सौन्दर्यमा पिकनिक, फोटो सेसन, र ट्रेकिङको मजा लिन सकिन्छ। साथी र परिवारसँगको यात्रा अझ उत्साहजनक हुन्छ, किनभने प्रत्येक कडा ढुङ्गा, सानो पथ र पुरानो मन्दिरले पारस्परिक सम्बन्धमा मजबुत बन्दछ ।

सिन्धुलीको हरिहरपुर गढी एक ऐतिहासिक, सांस्कृतिक र साहसिक स्थल हो। यहाँको रमाइलो वातावरण, प्राकृतिक दृश्य , उत्साह , सद्भाव र सत् प्रेरणा दिलाउँछ । नेपालको इतिहास र प्रकृतिलाई नजिकबाट अनुभव गर्न चाहनुहुन्छ भने, हरिहरपुर गढीको यात्रा गर्नु अनिवार्य छ।

हरिहरपुर गढी गाउँपालिकाको कार्यालय झनझने

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button