पूर्वाधार विकास कार्यालय सिन्धुलीको जनहितमा जारी सन्देश :
भौतिक पूर्वाधार निर्माणमा सबैको सहकार्य र जिम्मेवार सहभागिता आवश्यक छ। सडक, पुल, सिंचाइ, भवन तथा अन्य संरचनाहरूको निर्माण गुणस्तरीय निर्माण गर्नु र संरक्षण गर्नु , हाम्रो साझा दायित्व हो। पूर्वाधार प्रयोग गर्दा सावधानी अपनाऔं, सार्वजनिक सम्पत्ति जोगाऔं, र विकासमा सहकार्य गरौं।
निर्माणका क्रममा तपाईँका गुनासा, सुझाव र सहकार्य हाम्रो लागि मूल्यवान छन्। निर्माण कार्यमा देखिएको कुनै समस्या वा जोखिम तुरुन्त जानकारी गराई सुरक्षित, पारदर्शी र प्रभावकारी विकासमा साथ दिनुहोस्।
कृपया सार्वजनिक निर्माणस्थलमा अनावश्यक हस्तक्षेप नगर्नुहोस्। पूर्वाधार संरचनाको तोडफोड, अवरोध र लापरवाही कार्य कानूनी अपराध हो। दोषी पत्ता लागेमा कानूनी कारबाहीको भागेदरी हुनुपर्ने छ।
आज बनाएको संरचना भोलिको पुस्ताको जीवनस्तरसँग जोडिएको छ।
पूर्वाधारमा सचेत प्रयोग र जिम्मेवार व्यवहार हामी सबैको जिम्मेवारी हो।
✅ निर्माण स्थलमा अनावश्यक अवरोध नगर्नुहोस्।
✅ सार्वजनिक सम्पत्ति जोगाउन र सरसफाइ कायम राख्न सहयोग गर्नुहोस्।
✅ निर्माणाधीन संरचनाहरूमा आवतजावत गर्दा सावधानी अपनाउनुहोस्।
✅ कुनै समस्या वा गुनासो भएमा कार्यालयमा जानकारी गराउनुहोस्।
पूर्वाधार विकास कार्यालय सिन्धुलीमाढी
फोन नं. 047-521338, 9854055022
prdosindhuli@gmail.com

पूर्वाधार विकास कार्यालय, सिन्धुली