ई - पेपर

मरिण गाउँपालिकाको अनुरोध :

बाल विवाह अन्त्य गरौँ, स्वस्थ जीवन सुनिश्चित गरौँ।

बालबालिकाको भविष्य उज्ज्वल बनाउन बाल विवाह अन्त्य गर्नु अपरिहार्य छ। बाल विवाहले शिक्षा, स्वास्थ्य, तथा समग्र विकासमा गम्भीर असर पुर्‍याउँछ। किशोरी उमेरमै विवाह गराउँदा उनीहरूको शारीरिक तथा मानसिक विकासमा बाधा पुग्छ, जसले आमाको र बच्चाको स्वास्थ्यमा दीर्घकालीन समस्या निम्त्याउन सक्छ।

हामी सबैको दायित्व हो —
👉 बाल विवाहको अन्त्य गर्न,
👉 बालबालिकालाई शिक्षा र स्वास्थ्यका अवसरहरूमा पहुँच दिलाउन,
👉 र सुरक्षित, सशक्त समाज निर्माण गर्न।

हाम्रो अनुरोध गर्दछ:

  • २० वर्षभन्दा कम उमेरमा विवाह नगरौं, नगराऔं।
  • किशोर–किशोरीलाई शिक्षाको वातावरण तयार गरौं।
  • प्रजनन स्वास्थ्यको महत्त्व बुझौं र बुझाऔं।
  • बाल विवाह रोक्न सक्रिय भूमिका खेलौं।

मरिण गाउँपालिकाको कार्यालय कपिलाकोट, सिन्दुली

Related Articles

Leave a Reply

Back to top button