ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनः देशभर उम्मेदवार मनोनयन दर्ता सम्पन्न

ठूला नेतादेखि नयाँ अनुहारसम्म मैदानमा, मधेस र बागमती क्षेत्रमा प्रतिस्पर्धा चर्किंदै

सिन्धुली,७ मा-  आगामी प्रतिनिधि सभा निर्वाचनका लागि देशभर हिजो उम्मेदवार मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार १६५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मनोनयन दर्ता गरिएको हो। ठूला राजनीतिक दलका शीर्ष नेताहरू, पूर्वप्रधानमन्त्रीहरू, प्रभावशाली सांसद, नयाँ दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको उल्लेख्य उपस्थितिले यसपटकको निर्वाचनलाई निकै रोचक र प्रतिस्पर्धात्मक बनाएको छ।

मनोनयन दर्ताको दिन निर्वाचन कार्यालयहरूमा बिहानैदेखि उम्मेदवार, समर्थक र कार्यकर्ताको भीड देखिएको थियो। आयोगले निर्धारित मापदण्डअनुसार शान्तिपूर्ण रूपमा प्रक्रिया सम्पन्न भएको जनाएको छ। 

 सिन्धुली जिल्लामा उत्साह पुर्णरुपमा मनोनयन दर्ता भएका छ। सिन्धुलीमा दुई निर्वाचन क्षेत्रमा २८ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।

सिन्धुली निर्वाचन क्षेत्र–१ उज्जवल प्रसाद बराल – नेपाली कांग्रेस,प्रदिप कुमार कटुवाल – नेपाल कम्युनिस्ट पार्टी (एमाले),डेकेन्द्र प्रसाद सुवेदी -नेपाली कम्युनिष्ट पार्टी (नेकपा),धनेन्द्र कार्की – राष्ट्रिय स्वतन्त्र पार्टी ,सन्तोष कुमार सुनुवार -राष्ट्रिय परिवर्तन पार्टी,मोतिलाल तामाङ -उज्यालो नेपाल पार्टी,सुशिल हमाल – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र बर्तये बहादुर राई -(नेपाल कम्युनिष्ट पार्टी माओवादी )
। अन्य स्वतन्त्र तथा साना पार्टीका उम्मेदवारहरु सहित जम्मा १२ जनाको मनोनयन दर्ता भएको छ ।

सिन्धुली निर्वाचन क्षेत्र–२ लेखनाथ दाहाल (राजन) -नेपाली कम्युनिष्ट पार्टी , प्राध्यापक डाक्टर मुकुन्द गजुरेल – राष्ट्रिय प्रजातन्त्र पार्टी  र महेश्वर दाहाल – (नेकपा अन्य स्वतन्त्र तथा साना पार्टीका उम्मेदवारहरु सहित जम्मा १६ जनाको मनोनयन दर्ता भएको छ ।  

यसपटकको निर्वाचनमा देशका चार पूर्वप्रधानमन्त्री प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएका छन्। नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम (पूर्व)–१ बाट उम्मेदवारी दर्ता गरे। दर्तापछि उनले विकास, सुशासन र राजनीतिक स्थायित्वलाई प्राथमिकतामा राख्ने बताएका छन्।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका छन्। ओलीको उम्मेदवारीसँगै झापा क्षेत्रको चुनावी माहोल निकै तातिएको छ। अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ले रौतहट–१ बाट उम्मेदवारी दर्ता गर्दै आफू जनताको बीचबाट पुनः अनुमोदन हुन चाहेको बताएका छन्।

यसैगरी, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई ले गोरखा–२ बाट उम्मेदवारी दर्ता गरेका छन्। चार पूर्वप्रधानमन्त्री एकैपटक चुनावी मैदानमा उत्रिनुले राष्ट्रिय राजनीतिमा ठूलो चासो पैदा गरेको छ।

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगनकुमार थापा ले सर्लाही–४ बाट उम्मेदवारी दर्ता गरेका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ले सप्तरी–३ बाट उम्मेदवारी दर्ता गराएका छन् भने नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ले सर्लाही–३ बाट मनोनयन दर्ता गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने ले चितवन–२ बाट उम्मेदवारी दर्ता गरेका छन्। नयाँ राजनीतिक धारका रूपमा उदाएको उक्त पार्टीले यसपटक पनि धेरै क्षेत्रमा प्रभाव जमाउने प्रयास गरिरहेको देखिन्छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ले झापा–३ बाट उम्मेदवारी दर्ता गरेका छन्।

निर्वाचन आयोगले मनोनयन दर्ता प्रक्रिया समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ। अब उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन, उजुरी दर्ता, अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरणपछि औपचारिक चुनावी प्रचार अभियान सुरु हुनेछ।

ठूला नेताहरूको प्रत्यक्ष प्रतिस्पर्धा, नयाँ दल र स्वतन्त्र उम्मेदवारको बढ्दो उपस्थिति तथा मधेस र बागमती क्षेत्रमा देखिएको कडा प्रतिस्पर्धाले यसपटकको प्रतिनिधि सभा निर्वाचनलाई अत्यन्तै महत्वपूर्ण र चासोको विषय बनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button