ताजा समाचार

इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय सिन्धुलीको सूचना

सिन्धुली, माघ ७ — जिल्ला प्रशासन कार्यालय सिन्धुलीले इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैलाई सूचना जारी गरेको छ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै सुरक्षा व्यवस्था मजबुत बनाउने उद्देश्यले जिल्ला सुरक्षा समिति सिन्धुलीको मिति २०८२ माघ ६गतेको निर्णयअनुसार व्यक्तिगत रूपमा राखिएका इजाजत प्राप्त हातहतियारहरू बुझाउन निर्देशन दिइएको हो।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार इजाजत प्राप्त हातहतियारधारीहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र जिल्ला प्रहरी कार्यालय सिन्धुली वा नजिकको प्रहरी कार्यालयमा हातहतियार बुझाउनुपर्नेछ।
साथै, बुझाइएका हातहतियारहरू निर्वाचन सम्पन्न भएको एक महिनापछि (२०८२ चैत २० गतेपछि) सम्बन्धित व्यक्तिलाई फिर्ता दिइने पनि जानकारी गराइएको छ।
निर्धारित समयभित्र हातहतियार नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत जिल्ला प्रशासन कार्यालयले दिएको छ।
सूचनामा उल्लेख भएअनुसार यो निर्देशन निर्वाचनको शान्ति, सुरक्षा र निष्पक्षता कायम राख्ने उद्देश्यले जारी गरिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button