ताजा समाचार

सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै , कमलामाईमा शिक्षकहरूको धर्ना

सिन्धुली, भदौ १

नेपाल शिक्षक महासंघ, कमलामाई नगर समिति, सिन्धुलीले शिक्षा ऐन विधेयकका विवादास्पद प्रावधान सच्याउनुपर्ने, शिक्षक सेवा–सुविधा सुनिश्चित गर्नुपर्ने र सरकारसँग भएका सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने मागसहित शुक्रबार कमलामाई नगरपालिकामा धर्ना बसेका छन।

नगर प्रमुख प्रशासकीय अधिकृतलाई बुझाइएको ध्यानाकर्षण पत्रमा महासंघले सरकारको असंवेदनशीलता, पटक–पटक भएका सहमतिलाई बेवास्ता गरेको र शिक्षक कर्मचारीलाई आन्दोलनमै धकेलिएकोप्रति गम्भीर आपत्ति जनाएको छ।

नेपाल शिक्षक महासंघले यसअघि २०८२ साल बैसाष १७ गते सरकारसँग भएको सहमतिअनुसार शिक्षा ऐन विधेयक तयार गरी प्रतिनिधि सभामा पेश गर्ने सहमति भएको स्मरण गराएको छ। तर हाल प्रतिनिधि सभामा दर्ता भएको शिक्षा विधेयकमा सहमति विपरीतका प्रावधान राखिएको भन्दै महासंघले आपती जनाएको छ ।

महासंघले अस्थायी शिक्षक स्थायीकरण, सेवा–सुविधा, दरबन्दी मिलान, पदोन्नति, स्थानान्तरण, शिक्षणेतर कर्मचारीको व्यवस्था, शिक्षक पेशामा प्रवेश गर्न पाउने उमेर हद ४० वर्ष सम्म प्रस्तावित नहुनु सेवानिवृत्ति व्यवस्था लगायतका विषयमा भएको सहमति बेवास्ता गरिएको आरोप लगाएको छ।

धर्ना कार्यक्रममा नगर क्षेत्रका विद्यालयका शिक्षकहरू बाक्लो संख्यामा सहभागी भएका थिए।

महासंघका अध्यक्ष रामेश्वर दाहालले चेतावनी दिँदै भने सरकार सहमति विपरीत विधेयक अघि बढाउन खोज्दा शिक्षकहरू आन्दोलनमा जान बाध्य भएका छन्। सहमतिअनुसार माग पूरा नभए आन्दोलन अझ कडा बन्छ।”

त्यस्तै महासंघका सचिव मनोजप्रसाद काफ्लेले भने, शिक्षकको पीडा र मागलाई सम्बोधन गर्नु सरकारले टार्न मिल्ने विषय होइन। सरकार गम्भीर नभए राष्ट्रव्यापी आन्दोलन अपरिहार्य हुनेछ।”

धर्नामा सहभागी एक शिक्षकले भने, हामी पढाउने भन्दा बढी सडकमा माग गर्न धाउनुपर्ने बाध्यता छ। सरकारले सहमति पालना नगरेसम्म हामी आन्दोलन छाड्दैनौँ।”

महासंघले आजको धर्नालाई आन्दोलनको प्रारम्भिक चरण मात्र भएको बताएको छ। सहमति अनुसार माग सम्बोधन नभए जिल्लास्तरमा विरोधसभा, चेतावनी सभा हुँदै काठमाडौंमा केन्द्रीकृत आन्दोलन गर्ने योजना रहेको महासंघले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button