बि.पी.सडकमा बोलेरो पल्टियो
बि.पी.राजमार्गको चियावारीमा बोलेरो गाडी दुर्घटना भएको छ । कमलामाई नगरपालिका ४ चियावारीमा बोलेरो गाडी पल्टिीदा गाडीमा सवार २ जनाको घटना स्थलमै मृत्यु भएको हो ।
हिजो साउन ३१ गते विहीवार विहान गोलञ्जोर ६ नाकाजोलीबाट स्थानीय तरकारी र बजार आउने स्थानीय यात्रु बोकेर सिन्धुली माढी आउदै गरेको बा २० च ८२८३ नम्वरको बोलेरो करिव १० बजेतीर गती अनियन्त्रीत भैई सडकमै पल्टिएको हो । बोलेरो दुर्घटनामा २ जना घटना स्थलमै र उपचारको क्रममा सिन्धुली अस्पतालमा एक जना गरी ३ जनाको मृत्यु भैइसकेको छ । भने घाइतेहरुमा चालक सहित २ जनालाई सिन्धुली अस्पतालले प्रथामीक उपचार गरी थप उपचारको लागी धुलिखेल लगीएको छ । भने बाकी ९ जनालाई सिन्धली अस्पतालले उपचार गरी रहेको छ ।
उक्त बोलेरोमा रहेका ४ जना यात्रुको अवस्था सामान्य रहेको छ । मृत्यु हनेमा गोलञ्जोर ६ को वर्ष ४५को उदय लुङगेली र गोलञ्जोर ६ कै वर्ष ४२ पृथ्वी भुजेलको घटन स्थलमै मृत्यु भएको हो । घइते पवन मर्साङगी सिन्धुली अस्पतालमा उपचारको क्रम ११ः३६ बजे मृत्यु भएको छ । दुर्घटनामा घाइतेहरु बोलेरो चालक गोलञ्जोर ६ का टिकाजंग राइ हुन् । उनको टाउको र जीउमा गहिरो चोट लाग्नुका साथै हात भाचीएको छ उनलाई तुरुन्तै धुलीखेल हस्पीटल पुर्याइएको छ ।
गोलञ्जोर ६ को हिमाल परियारको टाउको र शरिरमा गहिरो चोट लागेको खुट्टा भाचिएको छ परियारर्ला धुलीखेल हस्पटिल लगीएको छ । घइते हुनेमा कमलामाइ नगरपालीका वाड नं.५की डम्वर कुमारी कार्की गोलञ्जोर ६ की मेनुका मगर , जीना श्रेष्ठ, धनमाया वाइबा , लिला मगर, सजिना मगर,वन्दना कोइराला , राजन प्रसाद कोइराला , गोलञ्जोर कै यात्रु हुन । सामान्य घाइतेलाई सिन्धुली अस्पतालले उपचार गरिरहेको छ । पल्टिएको बोलेरो अगाडी भाग साइट भाग कुचिएर भक्तीएर पुर्ण क्षेतीग्रस्त अवस्थामा रहेको छ । यस बोलेरोले गोलञ्जोरको वितीजोर , तीनकन्या लागएतको स्थानीय उत्पादनका विभिन्न तरकारी फलफुल सिन्धलीमाढ बजार , भिमान ,बजारमा पुर्याउने गर्दथ्यो । सिन्धुली बजारमा लोकल खोर्सानी काक्रो , साग उसार्ने गर्दथ्यो ।