ताजा समाचार

तनहुमा बस दुर्घटना


पृथ्वी राजमार्ग अन्तरर्गत तनहुको आँखुबैरेनी गाउँपालिका २ ऐनपहरा स्थित मस्र्याङदी नदिमा ७ गते शुक्रवार बस दुर्घटना भएको हो ।

भारतको ग्रहकपुरबाट नेपाल भ्रमण गर्न आएका भारतीय नागरिक पोखरा भ्रमण गेर पशुपतीनाथको दर्शन गर्न काठमाण्डौ तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको यु.पी. ५३ ए.एफ.टी. ७६२३ नम्बरको बस मस्र्याङ्दीमा खसेको हो । बसमा ४१ जना यात्रु, १ जना स्टाफ र १ जना चालक गरी जम्मा ४३ जनाको सवार रहेको जनाइएको छ ।

तनहुमा बस दुर्घटनाका घाइते

बस नदिमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यस मध्ये २६ जनाको आँबुखैरनी घटना स्थलमा र १ जनाको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा १६ जना घाइते भएका थिए । उनीहरुको शुक्रवार नै हेलीकप्टर मार्फत उपचारका लागी काठमाण्डौं लगिएको थियो । आँबुखैरेनीमा मृत्यु भएका २६ जनाको शव शुक्रवार राती नै चितवन अस्पतालमा ल्याइएको र शव परिक्षण गरी भारतीय सेनाको जहजमा भारत पठाइएको छ ।

तनहुमा बस दुर्घटना शव भारत पठाइदै

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button