यातायतमा नेपालभर रुट परमिट खुला
नेपालभरी रुट परमिट खुला हुने भएको छ । यातायात व्यवस्था विभागका सरोकारवालाको बैठकले रुट परमिट खुला गरेको हो । दशै ,तिहार र छट पर्वको अवसरमा यात्रुहरुको यात्रालाई सहज र सुरक्षित बनाउनका लागी महत्वपुर्ण २० वाट बुँदामा निर्णय गरेको छ ।
निर्णयमा यात्रुले कुने पनि मादक पर्दथ सेवन गर्न नहुने , टिकट अनिवार्य लिएर मात्र यात्रा गर्ने , चालकले यात्रुको परिचय खुल्ने गरी टिपोट वा चलानी सहित गाडी चलाउनु पर्ने निर्णय गरिएको छ । बैठकले १२ असोजदेखि अग्रिम बुकिङ खुलाउने निर्णय गर्दै घटस्थापनादेखि रुट परमिट खुला गर्ने भएको हो । नेपालभरी लागु हुने गरी यात्रुबाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म रुट परमिट खुला गरिएको छ ।
तर, कुनै बाटोको विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीसाधनको बन्देज भने कायमै रहने बताइएको छ ।
बैठकले चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थपनमा सहजता ल्याउनको यातायात सेवा प्रदायकहरुले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायतमा २०८१ साल अअसोज १२ शनिबार देखी अग्रिम टिकट बुकिङ खुला गर्ने । यातायात व्यवसायीहरुले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने भएको छ । अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायत व्यवस्था विभाग, नेपाल प्रहरी , ल्होत्से बहुउद्देशय प्रा.लि., उपभोक्त्ता सम्बद्ध संस्थासंग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने / गराउने भएको छ ।
यात्रुले सवारीमा यात्रा गर्दा मादक पदार्थ सेवन गरी यात्रा गर्न नहुने बैठकको निर्णयमा उल्लख रहेको छ । सार्वजनिक सवारीमा यात्रा गर्द यात्रुले अनिवार्य रुपमा टिकट लिएर मात्र यात्रा गर्नु पर्ने र टिकट काउण्टरबाट यात्रुको परिचय खुल्ने विवरण सहितको चलानी लिएर मात्र सवारी संचालन गर्नु पर्ने बैठकको निर्णय छ । यातायत आवागमन सहज बनाउन खाधनन्न लगाउतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका ट्रलर लगायतका ठुला सवारी साधनहरु २०८१ साल आश्वीन १७ गते घटस्थापना देखि कार्तिक ०१ गते पुर्णिमासम्म नारायणघाटदेखि काठमाडौं सम्म सञ्चालन गर्न रोक लगाउने तथापी प्रचलित कानुन बमोजिम आयातित मालबाहक सवारीको हकमा भन्सार प्रज्ञापन पत्र र निर्यातित मालबाहक सवारीको हकमा नियम अनुसरको राजश्व तिरेको रसिद हेरी तेस्रो मुलुकका अयात / निर्यात जन्य ढुवानीका साधनहरु भन्सार कार्यालय बन्द रहने अवधि बाहेक नारायणगढ देखि काठमाडौंसम्मको सडक खण्डमा आवतजावतमा रोक नलगाउने निर्णयहरु भएका छन् ।